प्रगतिशील लेखक सङ्घमा डा गिरीको नेतृत्वमा नयाँ कार्यसमिति

२३ चैत्र २०७५, शनिबार २१:४८ मा प्रकाशित

काठमाडौँ, २३ चैत । प्रगतिशील लेखक सङ्घको ११औँ राष्ट्रिय सम्मेलनले डा जीवेन्द्रदेव गिरीको अध्यक्षतामा ४९ सदस्यीय केन्द्रीय समिति चयन गर्दै आज सम्पन्न भएको छ । प्रलेसका पूर्वमहासचिव डा गिरी नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव पनि हुनुहुन्छ ।

दुईदिने सो सम्मेलनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा गोपीरमण उपाध्याय र सुशीला श्रेष्ठ, महासचिवमा समीर सिंह, उपमहासचिवमा आरसी न्यौपाने, सचिवमा प्रकाश थापा र बाबुराम आचार्य र कोषाध्यक्ष डा धु्रव घिमिरे निर्वाचित हुनुभएको छ । विभिन्न वामपन्थी साहित्यिक घटकको साझा मोर्चा मानिने सो संस्थामा केही घटकले भने सम्मेलनमा भाग लिएका थिएनन् । सम्मेलनमा सहभागीमध्ये सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेकपा (मसाल) र नेकपा (माले) निकट साहित्यिक घटकका स्रष्टाको सहमतिमा नयाँ नेतृत्व चयन भएको हो ।

सम्मेलनले ४६ जना राष्ट्रिय परिषद् सदस्य चयन गरेको र सामन्तवाद र साम्राज्यवाद विरोधी सांस्कृतिक अभियानलाई सशक्त बनाउने विषयमा समसामयिक प्रस्ताव पारित गरेको उपमहासचिव न्यौपानेले जानकारी दिनुभयो । निवर्तमान अध्यक्ष मातृका पोखरेको अध्यक्षतामा सम्पन्न सम्मेलनमा महासचिव आरएम डङ्गोल र कोषाध्यक्ष कृष्णहरि भट्टको साङ्गठनिक र आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो