राजनीतिक अन्योल कांग्रेसले नै अन्त्य गर्ने कोइरालाको दाबी

१५ श्रावण २०६९, सोमबार २२:१६ मा प्रकाशित

काठमाडौं, १५ साउन । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले जनताको बलमा काग्रेसले राष्ट्रिय सहमतिको सरकार निर्माण गरी गतिरोध अन्त्य गर्ने उद्घोष गर्नुभएको छ । सिन्धुपाल्चोकको बाह्रविसेमा आज जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै उहांले आफ्नो पार्टीले मात्र मुलुकलाई राजनीतिक अन्योलको अवस्थाबाट मुक्त गर्ने दाबी गर्नुभएको हो । एकीकृत माओवादीलाई उसका कार्यकर्ताले समेत विश्वास गर्न छाडेको भन्दै सभापति कोइरालाले तत्काल सरकार छोड्न सुझाव दिनुभयो । उहांले राष्ट्रिय सहमति, एकता र सहकार्यविना मुलुकको राजनीति अब अघि बढ्न नसक्ने उल्लेख गर्नुभयो ।

यस्तै कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले बाहिर मात्र नभई पार्टीभित्र पनि सहमति, सहकार्य र एकताको कुरा गर्न नेतृत्वलाई सुझाव दिनुभयो । राष्ट्रिय सहमति निर्माण गरी बढीमा १५ दिनका लागि संविधानसभा ब्युंताउन सकिने उहांको भनाइ थियो । सहमतिको सरकारको विकल्प नभएकोले निरंकुश शासनको मोह त्याग्न माओवादी नेतृत्वलाई चेतावनी दिनुभयो ।

त्यस्तै, उपसभापति रामचन्द्र पौडेलले एकीकृत माआवादीका कारण मुलुक दुरावस्थामा पुगेको बताउनुभयो । उहांले सर्वहाराका नाममा माओवादीले आफ्नो छुट्टै अभिजात्य वर्ग बनाएको आरोप लगाउनुभयो । फरक प्रसंगमा उहांले लोकतान्त्रिक प्रक्रियाविपरित ल्याइएको अध्यादेश मान्य नहुने बताउनुभयो । कांग्रेसले आयोजना गरेको दुईदिने भेलामा राजनीतिक गतिरोध अन्त्यका लागि पार्टीको भूमिका, आगामी रणनीतिलगायत विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर