विश्वकप फुटसल : नेपाल तीनै खेलमा पराजित

२२ चैत्र २०७५, शुक्रबार २३:३० मा प्रकाशित

काठमाडौँ, २२ चैत । अर्जेन्टिनामा जारी १२औं संस्करणको विश्वकप फुटसलमा नेपाल तीनवटै खेलमा पराजित भएको छ । समूह चरणकोअन्तिम खेलमा बिहीबार राति नेपाल क्याटलोनियासँग ११–१ को भारी गोल अन्तरले पराजित भयो । नेपालका लागि एक मात्रै गोल सुजन बलामीले गरेका थिए ।

यो हारसँगै नेपाल समूह ‘डी’ मा जितविहीन बन्दै घर फर्किएको छ । यसअघि नेपाल पहिलो खेलमा अमेरिकासँग २–१ गोल अन्तरले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा फ्रान्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो । नेपालले विश्वकपमा वाइल्ड कार्डबाट सहभागिता जनाएको हो । नेपालको समूहबाट क्याटलोनिया र फ्रान्स क्वाटरफाइलमा प्रवेश गरेका छन् । तीनै खेलमा पराजित नेपाली टोली आजै स्वदेश फर्कंदै छ । १२औँ संस्करणको विश्वकप फुटसलमा सहभागी हुन नेपाली टोली यही चैत १४ गते त्यसतर्फ गएको थियो ।

समीर कार्कीको कप्तानीमा विश्वकप खेल्ने १२ सदस्यीय नेपाली टोलीमा दिनेश श्रेष्ठ, विशाल थापा, सुजन बलामी, दीपेन्द्र रसाइली, साहिल राना, राजु बुढाथोकी, अनुप राना, बरदान लामा, गौरब श्रेष्ठ, ग्रिजेशमान श्रेष्ठ र सञ्जीव तामाङ रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति

काठमाडौं । नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मुख्य प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिने भएका छन् । बुधबार साफ

काठमाडौं । अञ्जन विष्टको बराबरी गोलसँगै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार भएको समूह चरणको अन्तिम