सभामुख महरा कतार प्रस्थान

२२ चैत्र २०७५, शुक्रबार १७:५७ मा प्रकाशित

सभामुख कृष्णबहादुर महरा कतार प्रस्थान गरेका छन् । दोहामा हुने अन्तर संसदीय युनियनको १४० औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महरा त्यसतर्फ प्रस्थान गरेका हुन् ।

चैत २३ देखि २७ गतेसम्म आयोजना हुने महासभामा सभामुख महराले ‘शान्ति, सुरक्षा र कानूनी शासनको शिक्षा अभिवृद्धि गर्न संसद् उपयुक्त मञ्च’ शीर्षकअन्तर्गतको छलफलमा नेपालको धारणा प्रस्तुत गर्नेछन् । महासभाका क्रममा हुने महिला सांसदको बैठकमा नेपालको तर्फबाट पुष्पा भुसाल र युवा संसद् सदस्यको बैठकमा शान्ता चौधरीले सहभागिता जनाउनेछन् ।

दिगो विकासका लागि वित्त र व्यापारसम्बन्धी स्थायी समितिको बैठकमा पनि प्रतिनिधिमण्डलका सदस्यले सहभागिता जनाउने सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिमण्डलमा सांसद भुसाल, चौधरी, हरिचरण सिवाकोटी, विमलप्रसाद श्रीवास्ताव, लक्ष्मणलाल कर्ण, संसद् सचिवालयका महासचिव मनोहर भट्टराई र प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलगायत सहभागी छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत