बारा पर्साका हुरी पीडितलाई सहयोग गर्न टानको सक्रियता

२२ चैत्र २०७५, शुक्रबार १६:२१ मा प्रकाशित

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले हावाहुरी पिडितको लागि राहत संकलन गर्ने भएको छ ।बारा र पर्सामा केही दिन अघि आएको हावाहुरीबाट प्डिित भएकालाई सहयोग गर्न टानले पर्यटन ब्यवसायी तथा ९पदयात्रा० ट्रेकिङ ब्यवसायीहरुलाई राहत संकलनमा सघाउन आग्रह गरेको छ ।

टानका अध्यक्ष नवराज दाहालले शुक्रबार आयोजित पत्रकार भेटघाटमा पदयात्रा र पर्वतारोहणका क्रममा ज्यान गुमाएकालाई मात्रै नभई देशको जुनसुकै स्थानमा विपत्ति आईपरेपनि सहयोग गर्ने भावना अनुसार हावाहुरी पीडितलाई पनि सहयोग गर्न खोजिएको बताए ।

टानले Social Welfare & Humanitarian का संयोजक चन्द्र गुरुङको संयोजकत्वमा राहत संकलन गर्ने गरि आफ्ना सबै सदस्यहरुलाई मेगा बैंकमा रहेको संस्थाको खाता नम्बर ००१००६०२४६७९५ मा रकम जम्मा गर्न सर्कुलर समेत गरिसकेको छ । टानले संकलन गरेको नगद, खाध्य सामग्री लगायत अत्यावश्यक सामग्री संकलन गरि एक हप्ता भित्रै सम्बन्धित निकाय मार्फ़त वितरण गर्ने जनाएको छ ।

राहत संकलनकै क्रममा टानका कोषाध्यक्ष रामकृष्ण तिमिल्सिनाले २५ हजार रुपैयाँ संयोजक गुरुङलाई प्रदान गरेका छन । टानका कार्यसमितिबाट हालसम्म ६७ हजार रुपैयाँ संकलन भईसकेको छ । संस्थाका प्रथम उपाध्यक्ष जीवन थापा मगरले १० हजार, सदस्य राजन प्रसाद काप्रीले ५ हजार, सदस्य गोपाल श्रेष्ठले ७ हजार सदस्य बाबुराम गुरुङले ५ हजार रकम प्रदान गरेका छन् । त्यस्तै सदस्य महेश बुढा मगरले ५ हजार, सदस्य जीवन ह्लामोले ५ हजार र कर्मचारी दिनेश ढकालले ५ हजार सहयोग दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी