नेपालको अर्थतन्त्र स्थिरः अन्तराष्ट्रिय अयोग 

२२ चैत्र २०७५, शुक्रबार १५:४९ मा प्रकाशित

अन्तराष्ट्रिय आयोगले नेपालको अर्थतन्त्र स्थिर रहने अनुमान गरेको छ । संयुक्त राष्ट्रसंघको एसिया र प्रशान्त क्षेत्रका लागि आर्थिक र सामाजिक आयोगले सन् २०१९ का लागि गरेको आर्थिक प्रक्षेपण अनुसार नेपालको अर्थतन्त्र स्थिर रहने र ६.५ प्रतिशतले कुल गार्हस्थ्य उत्पादनमा वृद्धि हुने देखाएको छ ।

‘वृद्धिभन्दा पर महत्त्वाकांक्षाः सर्वेक्षण २०१९’ शीर्षकको प्रतिवेदनमा भारतले ७.५ प्रतिशतको गतिमा विकास गर्ने देखाएको छ । पकिस्तानको ४.२ प्रतिशत वृद्धिदर अनुमान गर्दा आयोगले माल्दिभ्सको विकास दर पनि नेपालको समान ६.५ प्रतिशत रहँने जनाएको छ । बंगलादेशको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर भने ७.३ प्रतिशत रहनेछ ।

एसियाली विकास बैंकले भने २०१९ मा नेपालको कुल गार्हस्थ्य उत्पादन दर ५.५ प्रतिशत रहने देखाएको छ । आर्थिक वृद्धिदरको यो अनुपातलाई हेर्दा दक्षिण एसियामा नेपाल पाँचौं स्थानमा रहने देखिएको छ । भारत ७.६ प्रतिशतका साथ पहिलो र अफगानिस्तान २.५ प्रतिशतका साथ आठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी