महेश थापाको कथासंग्रह ‘मरीचिका’को विमोचन

२२ चैत्र २०७५, शुक्रबार १५:२५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नौ दृष्टि सबैतिर बराबरी पर्ने बताएका छन् । एकतिर फर्किदा अर्कोतिरकाले हामीलाई चाँही वास्ता गरेन भन्ने नसोच्न आग्रह गर्दै प्रधानमन्त्रीले गरिब, असहाय र पिछडा वर्गको हितको लागी वर्तमान सरकार सदैव क्रियाशिल रहेको बताए ।

महेश थापाद्धार लिखित कथासंग्रह ‘मरीचिका’को शुक्रबार बालुवाटरमा विमोचन गर्दै प्रधानमन्त्री ओलीले कहिलेकाही एकतिर फर्किदा अर्कातिरकाले चित्त दुखाउन सक्ने भन्दै चित्त नदुखाउन आग्रह गरे ।

पूर्णरुपमा अपाङ्ग भएका साहित्यकार थापाको यो तेस्रो कृति हो । १६ वर्षदेखी उनका शरीरका कुनै पनि अङ्ग चलेका छैनन् । तैपनि उनले हातको एउटा औलाको सहायतले लेख्दै आएका छन् । बोल्न समेत नसक्ने उनी हाल आमा र श्रीमतिको सहारामा छन् । उनका एक छोरा पनि छन् ।

मरीचिका कथा संग्रह सांग्रिला बुक्सले प्रकाशनमा ल्याएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले