ट्रकले भ्यानलाई किच्दा २ जनाको मृत्यु

२२ चैत्र २०७५, शुक्रबार १५:०५ मा प्रकाशित

ललितपुरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान सानेपामा ट्रक पल्टिएर भ्यानलाई किच्दा २ जनाको मृत्यु भएको हो ।
जनक शिक्षा सामग्री केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रक पल्टिएर बा ७ च २१३१ नम्बर भ्यानलाई किच्दा भ्यानमा रहेका दोलखा ठूलोपातलका भ्यान चालक ४० वर्षका इन्द्रबहादुर सुनार र धनुषाकी ४० वर्षकी डोल्मा शेर्पाको मृत्यु भएको हो । दुर्घटनामा धनुषा घर भई ललितपुरको बुङ्गमती बस्दै आएकी स्मृती मगर घाइते भएकी छिन् । उनको मेडीसीटी अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

काठमाडौँ।नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर