लोकसभा सदस्यका गान्धीद्धारा उम्मेद्धारी दर्ता

२२ चैत्र २०७५, शुक्रबार १०:१५ मा प्रकाशित

भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा सदस्यका उम्मेद्धारी दर्ता गराएका छन् । केरलाको वायानादबाट निर्वाचन लड्नेगरी उनले उम्मेदवारी दर्ता गराएका हुन् । वायानादमै पुगेर गान्धीले उम्मेदवारी दर्ता गराएका हुन् । काँग्रेसको केरला प्रदेशका अध्यक्ष एम आई शानावासको गत बर्ष निधन भएपछि खाली भएको ठाउँमा गान्धीले उम्मेदवारी दिएका हुन् ।

यस निर्वाचन क्षेत्रबाट शानावास सन् २००९ र २०१४ मा गरी दुई पटक निर्वाचित भएका थिए । यो ठाउँ काँग्रेसको लागि जित्न सजिलो ठाउँ मानिन्छ । वायानाद बाहेक उत्तर प्रदेशको अमेठीबाट पनि गान्धीले उम्मेदवारी दिन लागेका छन् । अमेठीमा उनले बाहलवाला मन्त्री स्मृती इरानीसँग प्रतिश्पर्धा गर्नेछन् ।

यसअघि मार्च ७ मा काँग्रेसले घोषणा गरेको पार्टीबाट निर्वाचन लड्नेहरुको पहिलो सूचीमा अध्यक्ष गान्धी अमेठीबाट मात्रै उम्मेदवार बन्ने उल्लेख थियो । उनले दुई ठाउँबाट उम्मेदवारी दिन लागेको विषयलाई काँग्रेसका नेताहरुले आवश्यकता भनेका छन् भने प्रमुख प्रतिस्पर्धी भारतीय जनता पार्टीले भने गान्धी डराएको आरोप लगाएको छ ।

भारतमा यही अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा आम निर्वाचन हुन लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा

नयाँदिल्ली । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र

दाङ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको