प्रदेश दुईमा स्थगित एसईइ परीक्षा आजबाट सुरु

२२ चैत्र २०७५, शुक्रबार ०९:३९ मा प्रकाशित

प्रदेश नम्बर दुईमा स्थगित भएको माध्यमिक शिक्षा परीक्षा (एसईइ) आजबाट फेरी सुरु भएको छ । दूई नम्बर प्रदेशमा परीक्षाको अघिल्लो दिन नै विज्ञान र सामाजिक शिक्षाका प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित गरिएको थियो ।

स्थगित गरिएको परीक्षा शुक्रबारबाट फेरी सुरु भएको हो । प्रश्नपत्र बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्डले रद्द र स्थगित गरेको एसईई परीक्षा अन्तर्गत आज विज्ञान विषयको परीक्षा भईरहेको छ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले प्रश्नपत्र ‘लिक’ प्रकरणमा दुई जना प्रहरी सहित ६ जनालाई पक्राउ गरेर सार्वजनिक पनि गरिसकेको छ ।

एसईईको फेरी सुरु भएको परीक्षा अन्तर्गत चैत २३ गते सामाजिक, २४ गते जनसङ्ख्या तथा वातावरण, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितिय, २७, २८ र २९ गते प्राविधिक तर्फका विषयहरुको परीक्षा हुनेछ ।

प्रदेश दुईमा २६३ परीक्षा केन्द्रमा ७२ हजार ४९ परीक्षार्थीले परक्षा दिँदै छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१