व्यवसायी सुधीर बस्नेतको सम्पत्ति लिलाम गरिने

२२ चैत्र २०७५, शुक्रबार ०९:३२ मा प्रकाशित

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ओरियन्टल को–अपरेटिभका तत्कालीन अध्यक्ष सुधीर बस्नेतको सम्पत्ति लिलाम गर्ने भएको छ । बस्नेतले भेगासिटी अपार्टमेन्ट निर्माण कार्य सम्पन्न गरी बचतकर्ताको रकम फिर्ता गर्न समितिमा बुझाएको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० विश्वसनीय नदेखिएको भन्दै समितिले नै सम्पत्ति लिलाम गर्ने भएको हो ।

समिति सदस्यसचिव रेवतीरमण पोखरेलका अनुसार बस्नेतको नाममा विभिन्न स्थानमा रहेको सम्पत्ति लिलाम गरिनेछ । यसमध्ये कोहीनूर हिल हाउजिङको नाममा दर्ता रहेका ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा २ मा रहेको निर्माणाधीन भेगाससिटी अपार्टमेन्ट र भक्तपुजर जिल्ला साविक इमाडोल गाविस वडा ३ गुण्डुमा विभिन्न व्यक्तिको नाममा रहेका जग्गा लिलाम गर्ने भएको छ । साथै संस्थाको नाममा चितवन, नवलपरासी ९पूर्व०, तनहुँ, कास्की, मकवानपुर, दाङ र मोरङ जिल्लामा रहेको जग्गा बिक्री गर्नेछ ।

समितिले बस्नेतले पेस गरेको डिपिआर फर्जी भएको ठहर गरेको छ । बस्नेतले अधुरो अवस्थामा रहेको भेगाससिटी अपार्टमेन्ट थप निर्माण गर्न समितिसमक्ष गत फागुन १३ गते डिपिआर पेस गरेका थिए । त्यसमा कानुनबमोजिम दर्तावाल इन्जिनियरले डिपिआर तयार गरेको नपाइएको, विशेषज्ञको हस्ताक्षर नभएको, सरकारको सम्बन्धित निकायबाट स्वीकृति लिएको कागजात पेस नभएको समितिले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी