सातै प्रदेशमा तेल भण्डारण गृह बनाउदै आयल निगम

२२ चैत्र २०७५, शुक्रबार ०९:०५ मा प्रकाशित

नेपाल आयल निगमले इन्धनको आपूर्तिलाई नियमित र सहज बनाउन सातै प्रदेशमा भण्डारण गृह निर्माण गर्ने भएको छ । निगमको ३७औँ वार्षिक साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सञ्चालक समितिका अध्यक्ष केदारबहादुर अधिकारीले सातवटै प्रदेशमा पेट्रोलियम पदार्थको कम्तीमा ९० दिन र एलपी ग्यासको कम्तीमा ४५ दिनको माग धान्न सक्ने भण्डारणगृह निर्माण कार्य प्रक्रियालाई अघि बढाइने उल्लेख गरे ।

निगमसँग पर्याप्तमात्रामा पेट्रोलियम पदार्थको भण्डारण गर्ने स्थान नहुँदा सीमा क्षेत्रमा आइपर्ने अवरोध तथा ढुवानीकर्ताको आन्दोलनका क्रममा इन्धनको अभाव हुने गरेको छ । अहिले निगमसँग इन्धनको एक साताको माग धान्न सक्ने मात्र भण्डारण क्षमता रहेको छ भने एलपी ग्यासको भण्डारण गृह नै छैनन् ।

निगमले आव २०७४÷७५ मा २६ लाख ६७ हजार लिटर पेट्रोलियम पदार्थ आयात गरी २६ लाख ६९ हजार लिटर बिक्री गरेको छ । चालू आवको अर्धवार्षिक अवधिसम्मको खरीद मूल्यमा आएको वृद्धिले गर्दा इन्धनको व्यापारबाट निगमलाई करीब रु तीन अर्ब नोक्सान भएकामा पछिल्लो महीनामा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको कमी तथा मूल्य समायोजनमा धेरै उतारचढाव नभएमा असार मसान्तसम्ममा करीब रु पाँच अर्ब नाफा हुने निगमले अपेक्षा गरेको छ ।

सो अवसरमा निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सीमित स्रोत साधनको प्रयोग गरी सेवा विस्तार सुदृढीकरणमा निगम सक्रिय रहेको जानकारी गराए । उनले उपभोक्तालाई सरल मूल्यमा गुणस्तरीय पेट्रोलियम पदार्थ उपलब्ध गराउने, भण्डारण क्षमता वृद्धि गर्ने, हवाई इन्धनको सेवा क्षेत्र विस्तार गर्ने कार्यलाई प्राथमिकता दिने लक्ष्य लिएको बताए । चालू आवको कूल प्रशासकीय खर्च दुई प्रतिशतभन्दा कम रहेको तथा मुनाफा व्यापारको करीब दुई प्रतिशत मात्र रहेको जानकारी दिए । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले वार्षिक १९५ अर्बको कारोवार गर्दै आएको जानकारी गराउदै राजस्वबापत करीब ५५ अर्ब अर्थतन्त्रमा योगदान पु¥याएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना

दाङ । ‘चाउरी परेको अनुहार, मुजा परेका गाला, निराशा अनि मलिन अनुहार दुर्गा खड्काको परिचय हो । दाङको बबई गाउँपालिका

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार