आँधीपीडितका लागि सरकारले आवास बनाइदिने

२१ चैत्र २०७५, बिहीबार २२:२१ मा प्रकाशित

काठमाडौँ, २१ चैत । प्रदेश नं २ मा हालैको आँधीहुरीबाट घरबास गुमाएका वारा र पर्सा जिल्लाका परिवारहरुका लागि नेपाल सरकारले आवास बनाइदिने भएको छ ।

काठमाडौँ, २१ चैत । जनता आवास कार्यक्रमको ढाँचामा निर्माण गरिने घरहरू वर्षात् शुरु हुनुअघि नै आँधीप्रभावित घरवारविहीन परिवारलाई हस्तान्तरण गरिने छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय समाचार समितिसँग आँधीपीडितका लागि सरकारको ताजा योजनाबारे आज साँझ कुरा गर्दै सरकारको पछिल्लो निर्णयबारे जानकारी दिनुभएको हो । मन्त्री बाँस्कोटा नेपाल सरकारका प्रवक्तासमेत हुनुहुन्छ ।

सङ्घीय सरकारले यस्ता आवासको निर्माणकार्यको समन्वय र सहजीकरणका लागि प्रदेश नं २ का मुख्य सचिवलाई संयोजनको जिम्मेवारी दिएको छ । यस समितिमा शहरी विकास मन्त्रालयका प्रतिनिधि, दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र रक्षा मन्त्रालयका तर्फबाट नेपाली सेनाका प्रतिनिधि रहने व्यवस्था मिलाइएको छ ।

यी आवासको निर्माण गर्ने जिम्मा नेपालका कठिन भौगोलिक क्षेत्रमासमेत सडक पु¥याएर प्रशंसा आर्जन गरिरहेको नेपाली सेनाले पाएको छ । सरकारको पछिल्लो निर्णयबाट वर्षात्को बेला आँधीहुरी प्रभावित जनता कहाँ सुरक्षित ओत लाग्ने भन्ने चिन्ता गरिरहनु नपर्ने र पहिलेको तुलनामा बढी सुरक्षित जीवनयापन गर्न सहज हुने देखिएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी