विद्युतीय धरापमा परी चार भारतीय सैनिकको मृत्यु

२१ चैत्र २०७५, बिहीबार २१:४८ मा प्रकाशित

देल्ही,२१ चैत । भारतीय माओवादी विद्रोहीहरुले थापेको विद्युतीय धरापमा परी छत्तिसगढमा कम्तीमा चार सैनिकको मृत्यु भएको छ ।
आम निर्वाचन अन्तर्गत मतदानको दिन आउन झण्डै एक हप्ता बाँकी रहँदा माओवादीले थापेको धरापमा परी गस्तीमा रहेका सैनिकहरु मारिएका हुन् ।
छत्तिसगढ प्रदेशको कान्केर जिल्लामा पैदल गस्तीमा रहेका बेला उनीहरुमाथि आक्रमण भएको अधिकारीहरुले जनाएका छन् । आक्रमणमा परी अरु छ जना घाइते भएका छन् ।
घटना भएको ठाउँ निकै दुर्गम भएकाले थप विवरणहरु आउन बाँकी रहेको प्रदेश प्रहरी प्रमुख डि एम अवस्थीले बताउनुभयो ।

भारतमा सरकारी सुरक्षाकर्मी र माओवादी विद्रोहीहरुबीच दशकौँदेखि द्वन्द्व भइरहेको छ । यही द्वन्द्वबीच भारतमा यही अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा देशभरी आम निर्वाचन हुन लागेको छ ।

माओवादी विद्रोहीहरुले अहिले हुन लागेको निर्वाचन बहिस्कार गर्न आह्वान गरेका छन् । उनीहरुले मतदानका दिन थप हिंसा भड्किन सक्ने चेतावनी समेत दिएका छन् ।

भारतको कम्तीमा २० ओटा राज्यमा माओवादी विद्रोहीहरुको उपस्थिति रहेको विश्वास गरिन्छ । ती मध्ये छत्तिसगढ, उडिसा, बिहार, झारखण्ड र महाराष्ट्र बढी प्रभावित भएको मानिन्छ ।

विद्रोही माओवादीहरुले पछाडि पारिएको समुदाय र जमिन विहिन किसानहरुका लागि आफूहरुले विद्रोह गर्नु परेको बताउने गरेका छन् ।

सरकारी पक्ष र विद्रोही पक्षको द्वन्द्वमा परी अहिले सम्म हजारौको मृत्यु भइसकेको अधिकारीहरुले बताएका छन् । माओवादी विद्रोहीको बढी प्रभाव रहेको ठाउँमा सरकारले सैन्य अभियानहरु चलाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी हुने चेतावनी दिएको छ । तत्काल उपर्युक्त कदम नचाले लाखौं अफगानीले भोकमरीको सामना गर्नु परेको

काठमाडौँ । साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब शहरमा लगातार बमबारी भएको छ । सो बमबारीमा परी भएको

सुडानका प्रधानमन्त्री अब्लुल्लाह ह्यामडोकलाई त्यहाँको सेनाले नजरबन्दमा राखेको छ । सोमबार सेनाको एउटा समूहले उनको निवासमा घेरा हालेको सुडानी सञ्चार

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले जातीय विभाजन गर्न र देशको छवि बिगार्न केही व्यक्तिले नियोजित रुपमा साम्प्रदायिक द्वन्द्व भड्काएको आरोप