नेपाल बारमा प्रगतिशिल समूहको वर्चस्व, अध्यक्ष पदमा चण्डेश्वर श्रेष्ठ विजयी

२१ चैत्र २०७५, बिहीबार २०:२१ मा प्रकाशित

काठमाडौँ, २१ चैत । नेपाल बार एशोसिएसनको अध्यक्षमा प्रगतिशिल समूहतर्फका वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । प्रजातन्त्रवादी समूहतर्फका तर्फबाट अध्यक्ष पदका प्रत्याशी सुनीलकुमार पोख्रेलले विजयी श्रेष्ठले भन्दा १४९ कम मत प्राप्त गरेका छन् ।

अध्यक्षसहित २५ सदस्यीय बार कार्यसमितिमा २३ पदसहित प्रगतिशिल समूहले वर्चस्व कायम गरेको छ। अध्यक्ष पदका उम्मेदवार पोख्रेलले ३८७३ मत ल्याउँदा श्रेष्ठ ४०२२ मत पाएर विजयी भए ।

महासचिवमा भने लोकतन्त्रवादी समूहका लीलामणी पौडेल विजयी भए। निकटतम प्रतिद्वन्द्वी सुरेन्द्रबहादुर थापाभन्दा ४७७ मत बढी ल्याएर पौडेल विजयी भएका हुन्। पौडेलले ४१७८ मत ल्याएर विजयी भए भने थापाले ३७०१ मत पाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

काठमाडौं। पूर्व महान्यायाधिवक्ता एवम् बरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब ढिलो नगरी अब २/३ घण्टाभित्रै राजीनामा दिनुपर्ने