अवैध काठ बोक्ने ७ ट्रक प्रहरी नियन्त्रणमा

१ चैत्र २०६८, बुधबार ०६:४९ मा प्रकाशित

डडेलधुरा, १ चैत । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले काठ तस्करीमा प्रयोग हुदै आएका ७ ट्रकलाई भित्री मधेस क्षेत्रका बिभिन्न जंगलबाट नियनत्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएका सातै ट्रकको सक्कली कागजसहित सम्पर्कमा कोही नआएकाले चोरीका ट्रक भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । शुत्रलबारदेखि सोमबारसम्म सात ओटै ट्रक नियन्त्रण लिइएको हो । भित्री मधेस क्षेत्रमा ट्रकहरु रातारात काठ तस्करीमा लागेको र कागजातसमेत नभएको प्रहरीले जनाएको छ । म १ ख  ३७०, म १ ख ६०, से १ ख २४८, से १ ख १३६, म १ ख १७७ र म १ ख २०२ नम्बरको ट्रक नियन्त्रणमा लिएको छ भने दुई साता अघि म १ख ९६ र म १ ख ५५ नम्बर प्लेटका ट्रक नियन्त्रण लिएको जिप्रका डडेल्धुराले जनाएको छ । सात वटै ट्रकको कागजको फोटोकपीमा रहेको मेसिन नम्बर र चेसिस नम्बर नमिलेको प्रहरी नयाव उपरिक्षक विनोद धिमिरेले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड