प्रहरी र शिक्षकको सेटिङमा एसईइका प्रश्नपत्र लिक

२१ चैत्र २०७५, बिहीबार १५:५० मा प्रकाशित

प्रदेश नम्बर २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । चैत्र १४ र १५ गतेको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान गरेको थियो । अनुसन्धान सकेर सिआईबीले बिहीबार पत्रकार सप्तरीमा सम्मेलन गरेर दुई प्रहरी अधिकारीसहित ६ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्ने प्रहरीमा इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत सप्तरी राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल छन् । पक्राउ पर्ने अन्यमा विष्णुदेव यादव, शिक्षक मनोज यादव, राजेश यादव र उमेश यादव छन् ।

प्रहरीका अनुसार १५ गतेको विज्ञान र १४ गतेको सामाजिक विषयको प्रश्नपत्र ब्रम्हदेव सुनरैतले पहिला फेला पारेका थिए । उनले प्रश्नपत्र राखेको ठाउँबाट निकालेर फोटो खिचि आफ्ना दाजु विष्णदेव यादवलाई पठाएका थिए । प्रश्नपत्र सार्वजनिक भएपछि एक व्यक्ति हुँदै फैलिएपछि एक जनाले सामाजिक सञ्जालमै पोष्ट गरेका थिए । सामाजिक सञ्जालमा अपलोड भएपछि यो प्रकरण सार्वजनिक भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ