एसईईको प्रश्नपत्र लिक गर्नेलाई सार्वजनिक गर्दै प्रहरी

२१ चैत्र २०७५, बिहीबार १३:२० मा प्रकाशित

प्रहरीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र आउट गराउनेलाई सार्वजनिक गर्दैछ । प्रहरीले विहीवार दिउँसो परीक्षा अगावै प्रश्नपत्र लिक गराउनेलाई सार्वजनिक गर्ने जनाएको छ ।

प्रदेश नम्बर २ मा परीक्षा अगावै विज्ञान र सामाजिक विषयको प्रश्पत्र बाहिरिएका थिए । यस घटनापछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले घटनाको छानविन गरिरहेको थियो । सिआइबीका प्रमुख डिआइजी निरजबहादुर शाही र प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआईजी हरिबहादुर पालको उपस्थितिमा सप्तरी जिल्ला प्रहरी कार्यालयमा दिउँसो २ः३० बजे पत्रकार सम्मेलनमार्फत प्रश्नपत्र लिक गर्नेलाई सार्वजनिक गरिने जनाईएको छ ।

लगातार प्रश्नपत्र लिक भएपछि प्रदेश २ को एसईई परीक्षा स्थगित गरी फेरि चैत २२ देखि परीक्षा सुरु हुने गरी नयाँ तालिका सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३