पन्ध्रौँ पञ्चवर्षीय योजनाः ३५ लाख पर्यटक भित्र्याएर सय डलर खर्च गराउने लक्ष्य

२१ चैत्र २०७५, बिहीबार १२:३८ मा प्रकाशित

सरकारले आगामी ५ वर्षमा वार्षीक ३५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको १५ औं पञ्चवर्षीय योजनाको आधारपत्रको मस्यौंदामा वार्षीक ३५ लाख पर्यटक भित्र्याएर कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्याइने उल्लेख छ ।

योजनाको मस्यौंदामा पर्यटकको बसाईँ अवधि लम्ब्याएर १५ दिन पुर्याउने र दैनिक १०० अमेरिकी डलर खर्च गर्ने वाताबरण बनाउने उल्लेख छ । पर्यटन उद्योगबाट आगामी वर्षमा ४ लाख ९० हजार रोजगारी सिर्जना गरिने महत्वकांक्षी योजना पनि समेटिएको छ ।
अहिले पर्यटनबाट कुल ग्राहस्थ उत्पादनमा २.६ प्रतिशत योगदान पुगेको छ । अहिले नेपाल आउने पर्यटकको औसत बसाईँ १३ दिन र दैनिक खर्च ५४ अमेरिकी डलर छ । चौधौँ योजनाको समाप्तिसम्म ३१ हजार रोजगारी सिर्जना भएको छ ।

चौधौँ योजनाले योजनाको अन्तिममा १२ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । योजनाको अवधि केही महिनामात्रै बाँकी रहँदा अन्तिम तथ्यांक हेर्दा ११ लाख ९२ हजार पर्यटक नेपाल आएका छन् । चौधौँ योजनामा बसाई अवधि १५ दिन पुर्याई दैनिक खर्च ६० अमेरिकी डलर पुर्याउने लक्ष्य लिएको थियो । सो योजानले पर्यटन क्षेत्रबाट ४५ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको भएपनि ३१ हजार मात्रै सिर्जना भएको छ ।

पन्ध्रौँ योजनाले पर्यटकको दैनिक खर्च र रोजगारी सिर्जनालाई बढाउने लक्ष्य सहित मस्यौदा बनाएपनि पर्यटकको औसत बसाई भने पुरानै लक्ष्यलाई निरन्तरता दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही

काठमाडौँ ।एमालेको विभाजनपछि अल्पमतमा परेकी वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मीले अन्ततः पदबाट राजीनामा दिएकी छिन । शाक्यको बहिर्गमनसँगै नेकपा (एकीकृत समाजवादी)का

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका सरेको छ ।बुधबार बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले यसअघि निर्धारित मंसिर