फ्यानको फन्दामा करिष्मा !

१५ श्रावण २०६९, सोमबार २०:२४ मा प्रकाशित

काठमाडौं । सेलिब्रेटीका फ्यान पनि किसिमकिसिमका हुन्छन् । कोही विवाह गर्न नपाए मर्ने भन्छन् त कोही कलाकारलाई उकास्न अनेक योजना बनाउँछन् । नायिका करिष्मा मानन्धरले समेत आफ्नो फ्यानबाट यस्तै झमेला बेहोर्नुपरेको छ, हालसालै ।

करिष्माको नाममा फेसबुबक आइडी खोल्ने ती व्यक्तिले स्ट्याटसमा केही दिन अघि लेखेछन्, ‘मेरो पुरानो अनि पहिलो प्रेम । आज अनायसै सम्झे ।’ कतिपयले यसैलाई आधार बनाएर करिष्माको लामो वैवाहिक जीवनमा खटपट आएको भन्दै समाचार समेत बनए । तर यो आफ्नो आइडी नभएको करिष्माले बताएकी छिन् । ‘म आफ्नो पर्सनल कुरा कहिल्यै फेसबुकमा लेख्दिन । त्यस्तो स्ट्याटसबारे मलाई केही थाहा छैन,’ उनले फिल्मनेपालसँग भनिन् ।

आफ्नो नाममा मात्रै पाँच वटा फेक फेसबुक आइडी प्रयोग भएको उनले बताइन् । दुई तीन वर्षअघि समेत आफ्नो फेक आइडीबाट यस्तै अनावश्यक झमेला बेहोर्नुपरेको उनले स्मरण गरिन् । ‘अब चाहिं केही गर्नुपर्ला जस्तो छ,’ करिष्माले भनिन्, ‘पर्सनल लाइफमा नै दख्खल दिएपछि त सोच्नैपर्‍यो नि ।’

यसअघि आफूलाई खासै हानि नगरेकोले चुप लागेपनि अब भने अति हुन थालेको उनले प्रतिक्रिया दिइन् । आफू फेसबुकसमेत निकै कम चलाउने गरेको उनको भनाइ छ । हरेक काम ‘कुल’ भएर गर्ने रुचाउने करिष्मालाई आफ्नो पूर्वप्रेमी रहेको दुष्प्रचारले भने निकै ‘हट’ बनाएछ ।
Source: filmnepal.com

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक