सर्वोच्च शिखर सगरमाथाको गाउँ खुम्बुमा पहिलो पटक गाडी पुग्यो

२० चैत्र २०७५, बुधबार २२:४४ मा प्रकाशित

सोलुखुम्बु, २० चैत । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बुपासाङल्हामु गाउँपालिकामा पहिलोपटक गाडी पुगेको छ । सल्लेरीदेखि माप्यदूधकोशी गाउँपालिका हुँदै खुम्बुपासाङल्हामु–१ खरिखोला जोडिएको सडकको मङ्गलबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभयो ।

माप्यदूधकोशी र खुम्बुपासाङल्हामु गाउँपालिकाको संयक्त लगानीमा खरिखोलासम्म सडक पु¥याइएको गाउँपालिकाले जनाएको छ । उक्त सडकको उद्घाटन गर्दै मुख्यमन्त्री राईले गाउँपालिका केन्द्र चौरीखर्कसम्म सडक विस्तार गर्न प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सडक पुगेसँगै हवाईमार्ग हुँदै लुक्ला विमानस्थल तथा सल्लेरीदेखि माप्यदूधकोशी हुँदै करीब तीन दिनको पैदलयात्रा गर्नुपर्ने बाध्यताको अन्त्य हुँदा आन्तरिक पर्यटनमा समेत वृद्धि हुने मन्त्री राईको विश्वास छ ।

तेञ्जिङ हिलारी विमानस्थलको मौसम प्रतिकूल हुँदा हप्तौसम्म स्वदेशी तथा विदेशी पर्यटक लुक्लामै अलपत्र अवस्थामा बस्नुपर्ने बाध्यता छ । कतिपयले महङ्गोमा हेलिकप्टर चार्टर गरेर काठमाडाँै जाने भए पनि कतिपय पर्यटक भने हप्तौसम्म कुरेर फर्कने गरेका छन् ।

मुख्यमन्त्री राईले वर्षेनी पचासौ हजार स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने स्थानीय तहलाई ‘पर्यटकीय गाउँपालिका’ घोषणा गर्ने र पुरस्कृत गर्ने उद्घोष समेत गर्नुभयो । सांसद हेमकुमार राईले सगरमाथा क्षेत्रको सडक निर्माण सबैको साझा एजेण्डा बन्नुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले नेपाल प्रवेश गर्ने चीनको नाङ्पाला नाका खोल्न आवश्यक सहयोग गरिदिन प्रदेश सरकारलाई आग्रह गर्नुभयो । उक्त नाका खोल्न सके खुम्बूको विकासमा थप मद्दत पुग्ने भन्दै उहाँले बन्द रहेको नाका खोल्न पहल गरिदिन आग्रह गर्नुभयो ।

माप्यदूधकोशीको बासामा रहेको प्रहरीचौकी, माप्यदूधकोशी गाउँपालिकाको सभा हल उद्घाटन गरेपछि खरिखोला पुग्नुभएका मुख्यमन्त्री राईले १५ श्ययाको खरिखोला अस्पताल र दलित भवनको समेत उद्घाटन गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।