सिरहामा एड्सबाट २४ को मृत्यु

२० चैत्र २०७५, बुधबार २२:३९ मा प्रकाशित

लहान, २० चैत । एचआइभी एड्सका कारण सिरहामा २४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आज यहाँ आयोजित पत्रकार र स्वास्थ्यकमीसँगको अन्तक्र्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत सरोज कर्णले जिल्लामा एचआइभी एड्सका कारण २४ को मृत्यु भइसकेको बताउनुभयो ।

लहानस्थित आरटी सेन्टरमा फागुन मसान्तसम्ममा पुरुष ९७, महिला ७१, तेस्रो लिङ्गी दुई, बालक १३ र बालिका चारजना एचआइभी सङ्क्रमितले उपचारका लागि नाम दर्ता गराएकामा १६३ को उपचार भइरहेको स्वास्थ्य उहाँले जानकारी दिनुभयो ।

यस वर्षमात्रै २० नयाँ एचआइभी सङ्क्रमित फेला परेको बताउनुहुँदै उहाँले सामाजिक हेला र भेद्भावका कारण सङ्क्रमितले उपचार सेवा लिन छाडेको जानकारी दिनुभयो । वैदेशिक रोजगार, नशालु पदार्थ प्रयोगकर्ता, यौनकर्मी, समलिङ्गीबाट एचआइभी सर्ने गरेको कर्णको भनाइ थियो । एचआइभी एड्स सम्बन्धी उपचारको लागि लहान अस्पतालमा मात्रै व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

महेन्द्रनगर । पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने अपनाइएको छैन । भारतका

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा सात सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या

वालिङ । स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक

काठमाडौँ ।  छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको बेला नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ ।  ओमिक्रोनको ‘विएफाइभ’