ओलम्पिक छनोट : नेपाल म्यान्मासँग पराजित

२० चैत्र २०७५, बुधबार २२:२१ मा प्रकाशित

काठमाडौँ, २० चैत ।ओलम्पिक छनोटअन्तर्गत दोस्रो चरणको आज भएको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली म्यान्मासँग पराजित भएको छ । नेपाल घरेलु टोली म्यान्मासँग ३–१ गोल अन्तरले पराजित भएको हो ।
यसअघि गत कात्तिकमा भएको ओलम्पिक छनोटको पहिलो चरणको खेलमा नेपालले म्यान्मालाई १–१ को बराबरीमा रोकेको थियो । नेपालले आफ्नो दोस्रो खेलमा चिरपरिचित भारतसँग चैत २३ गते खेल्नेछ । प्रतियोगिताको अन्तिम खेलमा नेपालले इण्डोनेसियासँग चैत २६ गते खेल्नेछ । म्यान्मामा गत कात्तिक अन्तिम साता भएको पहिलो चरणमा नेपालले आयोजक म्यान्मा, बङ्गलादेश र भारतसँग बराबरी खेल्दै दोस्रो चरणको यात्रा तय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं

मड्रिड । स्पेनिस लिग फुटबलमा गएराति रियाल मड्रिड र भियारियाल विजयी भएका छन् । उपाधि होडमा रहेको रियाल मड्रिडले ग्रानाडालाई

स्पेनिस ला लिगा फुटबलको बार्सिलोना लेभान्तेसंग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लेभान्तेसँग बार्सिलोना ३ –३ को बराबरीम रोकिएको

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित