आर्थिक वृद्धिदर ६.२ प्रतिशत बढ्ने एडिबीको प्रक्षेपण

२० चैत्र २०७५, बुधबार १८:१४ मा प्रकाशित

काठमाडौँ, २० चैत । एशियाली विकास बैंक (एडिबी) ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरेको छ । एडिबीले चालु आर्थिक वर्षमा ६.२ प्रतिशत र आगामी आर्थिक वर्षमा ६.३ प्रतिशतले आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरेको हो ।

एडिबीले बुधबार सार्वजनिक गरेको विवरणमा अर्थतन्त्रका सूचक सकारात्मक रहेको देखाईएको छ । सबल आन्तरिक मागको आधारमा आर्थिक परिदृश्य स्थिरतातर्फ उन्मुख रहेका तथा भूकम्पपछिको तीव्र गतिको पुनःनिर्माण एवं प्रदेश र स्थानीय सरकारहरुलाई ठूलो परिमाणमा बजेट विनियोजनले आर्थिक वृद्धिमा मद्दत पुगेको एडिबीको विश्लेषण छ ।

वित्तीय सङ्घीयताको निर्वाध कार्यान्वयनका चुनौतीहरु समाधान गर्न नसकेको खण्डमा र वित्तीय अनुशासन पालना नभएको अवस्थामा जोखिम उत्पन्न हुनसक्ने भन्दै प्रतिवेदनमा ती चुनौतीलाई सम्बोधन गर्नसके नेपालले लामो अवधिसम्म उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्नसक्ने सम्भावना रहेको उल्लेख छ । कृषि क्षेत्रको वृद्धि आव २०७४/७५ को २.८ प्रतिशतबाट आव २०७५/७६ मा ४.५ प्रतिशत पुग्न सक्ने तथा उक्त अनुमान मनसुन राम्रो हुँदा धानको उत्पादन अघिल्लो वर्षभन्दा ८.४ प्रतिशतले वृद्धि भई ५५ लाख टन पुग्नेमा आधारित छ ।

निरन्तर विद्युत् आपूर्ति र लगानीको वातावरणमा सुधारका प्रयत्नका कारण चालू आवमा औद्योगिक क्षेत्र ७.१ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । यसका साथै थोक तथा खुद्रा व्यापार, होटेल र रेस्टुरेन्ट तथा वित्तीय सेवा क्षेत्र ६.४ प्रतिशतले बढ्न सक्नेछ । उच्च आयात र कर प्रणालीमा सुधारका आधारमा प्रारम्भिक रूपमा राजस्व सङ्कलन बढेको, सबल राजस्व वृद्धिका कारण आव २०७५/७६ को पहिलो ६ महिनामा बजेट बचतमा रहेको चालु आवको पहिलो सात महीनामा पुँजीगत खर्च बढेता पनि यसको कार्यान्वयन भने २२.५ प्रतिशत मात्र रहेको बढ्दो व्यापार तथा चालू खाता घाटासँगै नेपालले बाह्य क्षेत्रको अस्थिरताको बढ्दो जोखिमको सामना गर्नु परेका प्रतिवेदनले देखाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

काठमाडौं । गत २४ घण्टामा देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान