एन आर एन इटालीको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

१५ श्रावण २०६९, सोमबार २०:२१ मा प्रकाशित

दिनेश बाला श्रेष्ठ, रोम । गैर आबासिय नेपाली संघ इटालीको तेस्रो साधारण सभा २९ जुलाईमा इटालीको राजधानी रोममा सम्पन्न भएको छ ।
एन आर एन अध्यक्ष्य जीवा लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा डा.अनिल भट्टराईले आफ्नो कार्यकालमा भएको प्रगति विवरण र भविष्यका योजना प्रस्तुत गर्नु भएको थियो । उहाले सम्पूर्ण इटालीबासी नेपालीलाइ एकजुट भई अगाडी बढ्न आह्वान गर्नुभयो । उहाले भन्नु भयो एन आर एन इटाली कुनै राजनैतिक संघ संस्था संग आबद्द छैन, यो सम्पूर्ण नेपालीको साझा संस्था हो हाम्रो लागि हो हामी नेपालीको लागि हो ।
हामीमा, एक अर्कामा समस्या परेको बेला संस्था सबैको लागि उपयोगी हुन्छ त्यसैले यसको बिकाश विस्तारमा सहयोग पुर्याउनुहोस् । सोही क्रममा कोशाध्यक्ष मिला थोकरले आफ्नो कार्यकालको आर्थिक आय व्ययको संछिप्त विवरण पेश गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथि जीवा लामिछानेले एन आर एनको स्थापना र उद्देश्यमाथि प्रकाश पर्नु भयो ।
यसको विकाशक्रम चालु योजनाहरु र भविश्यका परियोजनाहरुको बारेमा जानकारी दिनुभयो । सोहि प्रमुख परियोजना मध्ये १०० मेघावाटको बिधुत परियोजनामा सबै इक्छुक नेपालीहरुलाइ लगानी गर्ने अवसर भएको जानकारी दिनु भयो । उपस्थित महानुभाबहरुबाट सोधिएको विभिन्न प्रश्नको उत्तरमा उहाले सो बिधुत परियोजनामा कुनै छलकपट नहुने र सरकारद्वारा बैधानिक अनुमति प्राप्त सो परियोजनाको निर्माण अबधिदेखी सबै चरणको बिमा व्यवस्था गरिएको हुँदा लगानीमा कुनै शंका नलिन आग्रह गर्नु भयो । कार्यक्रमको अध्यक्षता एन आर एन इटालीको सचिब राम राईले गर्नुभएको थियो भने कार्यक्रमको दोश्रो चरण सास्कृतिक कार्यक्रमको उद्घोसन विजय लामाले गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र