टानमा ११ लाख बढी भ्रष्ट्राचार, संस्थाको पैसा व्यक्तिको खातामा

२० चैत्र २०७५, बुधबार १६:१८ मा प्रकाशित

पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) मा आर्थिक अनियमिता भएको पाईएको छ । संस्थाले बैंक अफ काठमाण्डौ र नेपाल बैंकमार्फत कारोबार गर्दै आएको थियो । तर संस्थाको खाता रहेको नक्सालको बैंक अफ काठमाण्डौ र कान्तिपथको नेपाल बैंक शाखामा रहेको संस्थाको खातामा पैसा नदेखिएपछि आर्थिक अनियमितता भएको आशंका गरिएको हो ।

टानले गत पुसमा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानसँग मिलेर एउटा तालिम आयोजना गरेको थियो । तालिममा सहभागी हुन उक जनाले ८ हजार ५ सय बुझाउनु पर्ने थियो । उक्त तालिममा ७ सय ६० जनाले सहभागीता जनाएका थिए ।

टानका अध्यक्ष नवराज दाहाल बैंक खातामा पैसा कहिले हुने र कहिले नहुने यो स्वभाविक भएको बताउँछन् । यही विषयलाई लिएर आर्थिक अनियमिता भयो भन्न नुहने उनको भनाई छ । उनले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानसँग मिलेर टानले आयोजना गरेको तालिममा सहभागीबाट प्रतिव्यक्ति ८ हजार ५ सय लिएर त्यसमध्ये प्रतिव्यक्ति ७ हजारका दरले प्रतिष्ठानलाई बुझाएको र बाँकी १५ सय टानले लिएको पनि स्वीकार गरेका छन् ।

अध्यक्ष दाहालले सो तालिमको व्यवस्थापन टानले गरेको हुनाले सहभागीबाट १५ सय लिएको र त्यो रकम टानको खातामा सुरक्षित रहेको जिकिर गरे । ७६० जना सहभागी तालिममा प्रतिव्यक्ति १५ सयका दरले टानले लिएको रकम जोड्दा ११ लाख ४० हजार हुन्छ । तर यो पैसा संस्थाले कारोबार गर्ने बैंकको खातामा छैन ।

टानका सदस्यहरुले भने उक्त तालिम र आफूहरुको संस्था नविकरणको पैसा समेत खातामा जम्मा नगरी महासचिव र कोषाध्यक्षको मिलोमतो ब्यक्तिगत खातामा जम्मा गरिएको आरोप लगाएका छन् ।

गत फागुनदोश्रो हप्ता बसेको टानको कार्यसमिति बैठकले महासचिव र कोषाध्यक्षलाई एक हप्ताभित्र उक्त रकम संस्थाको ख़ातमा जम्मा गर्न र फागुन २२ गते कार्यसमितिको बैठक बोलाउन निर्देशन दिएको थियो । तर महासचिव आङपेम्बा शेर्पाले बैठक बोलाएनन् । त्यसपछि अध्यक्षले बारम्बार ताकेता गरेपछि उनले चैत्रको पहिलो हप्ता बैठक बोलाए तर आफू उपस्थित भएनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१