अञ्जु पन्तको भाइरल तस्बिरः के हो बास्तविकता ?

२० चैत्र २०७५, बुधबार १५:१९ मा प्रकाशित

मंगलबार साँझदेखी गायीका अन्जु पन्तका तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेका छन् । हावाहुरीमा परी मृत्यु भएका परिवारलाई भेट्ने बाहानामा गायीका पन्त बारा पुगेर धर्म प्रचारमा लागेको भन्दै सामाजिक सञ्जालमा हुनसम्म विरोध भएको छ ।

गाडीको डिकीमा झोला र किताब कपी जस्ता देखिने सामान राखेर छेउमा पन्त उभिएको तस्बिर भाइरल छ । यो तस्बिर सामाजिक सञ्जालमा सेयर गर्नेले पीडामा पनि धर्म प्रचार गरेको भन्दै गालीगलौजका शब्दहरु लेखेका छन् ।

तर गायीका पन्त बारा नगएको पाईएको छ । रेडियो नेपालको स्थापना दिवसको अवसरमा आयोजना गरेको राष्ट्रव्यापी आधुनिक संगीत प्रतियोगिताको निर्णायकको भूमिकामा छिन् ।

छोटो संवादमा पन्तले आफू चाहेर पनि बारा जान नपाएको तर सहयोग भने पठाएको बताएकी छिन् । अहिले सामाजिक सञ्जालमा भाइरल बनेको तस्बिर ५ डिसेम्बर २०१८ मा फेसबुकमा उनले राखेकी थिईन । त्यतिबेला उनी बारा र पर्साकै विभिन्न ठाउँमा आफ्नै नामको अञ्जु पन्त फाउण्डसेनमार्फत सहयोग गर्न गएकी थिईन् । सोही बेलाको तस्बिरलाई अहिले सामाजिक सञ्जालमा राखेर आफूलाई नैराश्यता अनूभुत गराउने काम भएको भन्दै उनले दुखेसो पनि गरिन् ।

सामाजिक सञ्जालमा पुरानो तस्बिर राखेर के आधारमा धर्म प्रचारकको संज्ञा दिईयो ? उनले दुखी हुँदै भनिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

रातको ११ बज्नै लागेको थियो कान्ताको फोन आयो। मैले फोन उठाएँ। “के गर्दै हुनु हुन्छ हजुर? सुत्ने बेला भएन र?

चल्यो यो कस्तो समयमा विश्व महामारी । भयो संसारलाई थेग्नै नसक्ने संकट भारी। चिन्दैन ओहोदा न चिन्छ रास्ट्रको शक्ति, त्रसित

काठमाडौँ, १९ बैशाख । विश्वमा कोरोना माहामारीका कारण नेपाल लकडाउन भएको १ महिना भन्दा बढी भइसक्यो । यो एक महिनाको

निरोज कुमार थापा, काठमाडौँ, ११ भदौ । काठमाडौँ महानगरपालिकाले सिनेमा घरहरुलाई कर तिर्न १५ दिनको म्याद दिएको थियो । तर