राती नै भत्काएर राती नै पीच गरिन्छ अन्तराष्ट्रिय विमानस्थल

२० चैत्र २०७५, बुधबार १३:१० मा प्रकाशित

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतको काम भईरहेको छ । विमानस्थलको धावनमार्ग सोमबारदेखी मर्मत सुरु भएको हो । चाईना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेशनले ९० दिनमा मर्मतको काम सक्ने भन्दै ठेक्का लिएको छ ।

दैनिक सय मिटर धावनमार्ग बनाउने टार्गेट सहित काम सुरु गरिएको छ । एक रात (राती १० बजेदेखी विहान ८ बजेसम्म) मा धावनमार्गको सय मिटर पुरानो पीच उक्काएर नयाँ पीच गरेर उडान भर्न योग्य बनाईन्छ ।

पहिलो चरणमा जहाजको पाङ्ग्रा गुड्ने भागमा पीच गरिने नेपाल नागरिक उड्ययन प्राधिकरणका हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पौडेलले जानकारी दिए । जहाजले उडान भर्दा र अवतरण गर्दा धावनमार्गको २० मिटर चौडाईमा बढी चाप पर्छ । यो २० मिटर चौडाई जहाजको चक्का गुड्ने भाग हो ।

धावनमार्गको लम्बाई ३ हजार ५ सय मिटर छ । यसको चौडाई ६० मिटर छ । पहिलो चरणमा २० मिटर चौडाईसहित ३ हजार ५ सय मिटर नै कालोपत्रे गरिसकेपछि दोस्रो चरणको काम सुरु हुनेछ । दोस्रो चरणमा धावनमार्गको बाँकी काम गरिनेछ ।

निर्माणको ठेक्का पाएको चिनिया कम्पनीले चिनीया उपकरण ल्याएको छ । विमानस्थलको जिरो टु देखि १ हजार ६ सय मिटरसम्मको भाग अत्यन्त बिग्रिएको छ । २०७२ सालमा आएको भूकम्पले यो भागमा बढी क्षति पुर्याएको अध्ययनले देखाएको छ ।

मर्मतको लागी आगामी जुन ३० सम्म राती १० बजेदेखी विहान ८ बजेसम्म विमानस्थल पूर्ण रुपमा बन्द हुन्छ । यो समयमा हुने उडान दिउँसोका लागी सारिएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले विजपाटीलाई जानकारी दिएका छन् ।

३ अर्ब ७८ करोड रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको छ । ठेकेदारले धावनमार्गबाहेक ट्याक्सी–वे र ड्रेन पूर्वाधार सुधारको लागी १८ महिनाको समया पाएको छ ।
विमानस्थल विकास शुल्कमार्फत उठेको रकमले विमानस्थलको जीर्णोद्धार गर्न लागिएको हो । आर्थिक वर्ष २०७१÷७२ देखि यो शीर्षकमा उठाउँदै आईएको रकम हालसम्म ७ अर्ब ५९ करोड रुपैयाँ संकलन भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा

नयाँदिल्ली । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र

दाङ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको