शहीद कप क्रिकेट प्रतियोगिता–२०७५ : भारतको कानपुरलाई टी–२० को उपाधि

२० चैत्र २०७५, बुधबार १०:२५ मा प्रकाशित

जनकपुरधाम, २० चैत । तेस्रो शहीद कप क्रिकेट प्रतियोगिता–२०७५ को उपाधि भारतको सोने कानपुर क्रिकेट क्लबले जितेको छ । जनकपुरधामको बाह्रबिघाको खेलमैदानमा मङ्गलबार भएको अन्तिम खेलमा सोने कानपुर क्रिकेट क्लबले जनकपुरधाम क्रिक्रेट क्लबलाई ७ विकेटले हराएर सो उपाधि जितेको हो ।

जनकपुरधाम क्रिकेट क्लबले टस जिती निर्धारित २० ओभरमा ११३ रनको लक्ष्य दिएकामा कानपुर क्रिक्रेट क्लबले १८औँ ओभरमा सो लक्ष्य पूरा गरेको थियो । मधेश आन्दोलनका शहीदको स्मृतिमा आयोजित सो प्रतियोगितामा प्रथम हुने टिमले रु दुई लाख ११ हजार र दोस्रो हुने टिमले रु एक लाख पाँच हजार प्राप्त गरेका छन् ।

नेपालको जनकपुरधाम, वीरगञ्ज, भैरहवा, विराटनगर र कलैया तथा भारतको कानपुर, दरभङ्गा, पटना र मुझफरपुर टिमको सहभागिता रहेको सो प्रतियोगितामा युनाइटेड क्रिक्रेट क्लबका शेफ अलीलाई उत्कृष्ट ब्याट्समेन र भारतका सोने क्रिकेट क्रिकेट क्लबका शिवमु दीक्षितलाई उत्कृष्ट बलरको पुरस्कार प्रदान गरिएको थियो ।

विजयी टिम र खेलाडीलाई पूर्वमन्त्री राजेन्द्र महतो, प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले पुरस्कार र शिल्ड प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति

काठमाडौं । नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मुख्य प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिने भएका छन् । बुधबार साफ

काठमाडौं । अञ्जन विष्टको बराबरी गोलसँगै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार भएको समूह चरणको अन्तिम