बार अध्यक्षमा चण्डेश्वरको अग्रता कायमै

१९ चैत्र २०७५, मंगलवार १४:०९ मा प्रकाशित

कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा चण्डेश्वर श्रेष्ठले अग्रता कायम राखेका छन् । प्रगतिशील, पेशागत तथा समावेशी समूहबाट अध्यक्षका उम्मेदवार श्रेष्ठले ५०२ मत गण्ना हुँदा ३५२ मत पाएका छन् । उनका प्रत्यासी बृहत् लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेलले २५८ मत पाएका छन् ।

महासचिवमा प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाले ३३६ मत र लोकतान्त्रिक समूहका लीलामणि पौडेलले २५८ मत प्राप्त गरेका छन् ।

बारमा नयाँ नेतृत्वका लागि तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक÷एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । निर्वाचनमा देशभरका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।

हालसम्म झापा, इलाम र उच्च अदालत विराटनगर, धनकुटा, उदयपुर, सिराहा, बारासम्मको मत गणना सकिएको छ । भोली बेलुका वा पर्सिसम्ममा अन्तिम नतिजा आउने जनाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार पनि मुद्दा सुनुवाइको पेसी सार्वजनिक गरेका छन् । कार्यपालिकामा

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

आजको प्रमुख समाचार