बार एशोसिएसनमा प्रगतिशील समूहको अग्रता

१९ चैत्र २०७५, मंगलवार ०८:०७ मा प्रकाशित

कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएसनको चुनावको मतगणनामा प्रगतिशील समूहका उम्मेदवारले अग्रता लिएका छन् ।

झापा, इलाम र मोरङको मतगणना सकिँदा अध्यक्षमा प्रगतिशिल समूहका चण्डेश्वर श्रेष्ठले १ सय ९६ र लोकतान्त्रिक समूहका सुनिल पोख्रेलले १ सय ९ मत पाएका छन् ।

अहिलेसम्म तीन सय ५ मत गनिसकिएको र मंगलबार ९ बजेदेखि फेरी गणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । मत गणना सकिन अझै ४ दिन अनुमान गरिएको छ ।

२५ औं केन्द्रीय कार्यसमितिका लागि गत शनिबार भएको मतदानमा देशभरका आठ हजार ३ सय २९ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको