उद्योग वाणिज्य संघले हावाहुरी पीडितलाई ५० लाख सहयोग गर्ने

१८ चैत्र २०७५, सोमबार १७:२५ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघले हावाहुरी पीडितका लागि ५० लाख सहयोग गर्ने घोषणा गरेको छ । महासंघको सोमबार बसेको बैठकले बारा र पर्साका हावाहुरी पीडितका लागी ५० लाखको राहत कोष खडा गर्ने निर्णय गरेको हो ।

खाद्यान्न, त्रिपाल जस्ता अत्यावश्यक सामग्री भने तत्काल नै वितरण गरिने महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए । प्रदेश नम्बर २ तथा बारा र पर्साका जिल्ला उद्योग वाणिज्य महासंघमार्फत राहत वितरण गरिनेछ ।

गएरातीको हावाहुरीले बारामा ३० र पर्सामा १ गरी ३१ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयले भने २७ जना मृतकको सनाखत भएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले