स्कुटीलाई ठक्कर दिने पूर्वप्रधानमन्त्री चन्दको पछुवा गाडीलाई ५ सय जरिवाना

१८ चैत्र २०७५, सोमबार १६:३६ मा प्रकाशित

गत शुक्रबार राजधानीको बानेश्वरमा स्कूटीलाई ठक्कर दिएर भागेको सशस्त्र प्रहरीको गाडीलाई प्रहरीले कारबाही गरेको छ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा खटिएको सशस्त्रको बा १ झ ९५२७ नम्बरको पछुवा गाडीले स्केटीलाई ठक्कर दिएर भागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले ५ सय रुपैयाँ जरिवाना गरेको हो ।

महानगरीय ट्राफिक महाशाखाले उक्त गाडीका चालक सन्तोष घिमिरेलाई लापरवाहीपूर्वक गाडी चलाएको भन्दै कारबाही गरेको हो । सवारी ऐन अनुसार कारबाही गरिएको महाशाखाका एसपी जयराम सापकोटाले जानकारी दिए ।

भिडियोमा गलत लेनबाट स्कुटीलाई ओभरट्याक गर्ने क्रममा सशस्त्रको गाडीले ठक्कर दिएर स्कुटि सडकमा लड्छ । तर उक्त गाडी स्कुटी लडेपछि उद्धार गर्नुको सट्टा पूर्वप्रधानमन्त्रीकै सुरुक्षामा हुइकिएको भिडियोमा देख्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गत २४ घण्टामा नेपालमा ८२०३ जना कोरोना भाइरस संक्रमित भएका छन् । २०९७९ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा

काठमाडौँ । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच समझदारी भएपछि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो