सात मंसिरमा निर्वाचन हुन सक्दैनः आयोग

१५ श्रावण २०६९, सोमबार १६:५६ मा प्रकाशित

काठमाडौं, १५ साउन । निर्वाचन आयोगले आगामी मंसिर–७ गतेका लागि घोषणा चुनाव हुन नसक्ने जनाएको छ ।
कार्यबाहक प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले आयोग कार्यालय कान्तिपथमा आज पत्रकार सम्मेलन गरेर सरकारले तोकेको मंसिर–७ गते मितिमा निर्वाचन हुन नसक्ने जानकारी दिएका हुन् । ‘संवैधानिक, कानून र राजनीतिक सहमतिको अभावमा निर्वाचन संभव छैन,’ उप्रेतिले भने, ‘अब मंसिर–७ गते नयाँ निर्वाचन हुँन सक्दैन ।’
समय अभावका कारण निर्वाचनलाई प्रभाव भने नपारेको उनले स्पष्ट पारे । ‘मंसिर–७ गते निर्वाचन हुन सक्दैन भनेर सरकारलाई पत्र पठाएका छौं,’ उप्रेतीले भने, ‘साउन–७ गते सम्म सरकारले संविधान र कानून संशोधन नगरेकाले नयाँ निर्वाचनमा अवरोध भएको हो ।’
साउन सात गते सम्म आयोगलाई अप्ठेरा परेका कानून, संविधान र राजनीतिक सहमति नफुकाई दिएकाले आयोगले सो मितिमा निर्वाचन गराउन असमर्थता जनाएको हो ।
मंसिर–७ गते नयाँ निर्वाचन गराउन नसक्ने भन्दै आयोगले सरकारलाई पत्र समेत पठाएको उप्रेतीले बताए । निर्वाचन हुन नसक्ने आयोगको निर्णय पछि कामचलाउ सरकारलाई झट्का लागेको छ । विपक्षी दलहरुले निर्वाचनको विरोध गरिरहेका समयमा आयोगको यस्तो निर्णय सार्वजनिक भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे

काठमाडौं । तेस्रो राष्ट्रिय महाधिबेसनको तयारी रहेको नेपाल परिवार दलले देशलाई समृद्धिको दिशामा अगाडि बढाउन शासकिय स्वरुप परिर्वतन गर्नका लागि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक काेइरालाले पार्टी सभापति शेरवहादुर देउवाकाे गृहजिल्ला डडेल्धुरामा पुन अधिवेशनकाे सम्भावना नभएकाे बताएका छन। संस्थापनइतरका