कोरियन भाषा परीक्षाका लागी ९२ हजारको आवेदन, कहिले हुन्छ परीक्षा ?

१८ चैत्र २०७५, सोमबार ११:०८ मा प्रकाशित

कोरियन भाषा परीक्षाका लागि ९२ हजारभन्दा धेरैको आवेदन परेको छ । चैत ८ देखि आइतबार राती १२ बजेसम्म अनलाइनमार्फत फारम भर्न समय दिइएकोमा ९२ हजार ३ सय ७६ जनाको आवेदन परेको ईपीएस कोरिया शाखाले जनाएको छ ।

यीमध्ये ६३ हजार ४ सय ८७ जनाले उत्पादनमुलक क्षेत्र र २८ हजार ८ सय ८९ जनाले कृषि क्षेत्रका लागि निवेदन दिएका हुन् । निवेदन दिनेमा ७७ हजार ३ सय ९३ पुरुष र १४ हजार ९ सय ८३ महिला छन् ।

गतवर्ष करिब ८२ हजारले आवेदन दिएका थिए । यो वर्ष भाषा परीक्षाबाट उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार जना उत्तीर्ण हुनेछन् । भाषा परीक्षामा उत्तीर्ण भएकाको सिप परीक्षण हुनेछ । सीप परीक्षणमा उत्तीर्ण भएपछि मात्रै कोरिया जान पाउनेछन् । २०७६ जेठ २५ र २६ गते हुने परीक्षाको नतिजा असार १३ गते प्रकाशित गरिने कार्यतालिका छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले