हावाहुरीमा परी ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले ३ लाख राहत दिने

१८ चैत्र २०७५, सोमबार ०८:२७ मा प्रकाशित

गएराती बारा र पर्सामा हावाहुरीमा परी ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले तत्काल ३ लाख रुपैयाँ राहत दिने भएको छ । दुई नम्बर प्रदेशको सोमबार विहान बसेको मन्त्रीपरिषद्को बैठकले मृतकका परिवारलाई राहतस्वरुप ३ लाख दिने निर्णय गरेको हो । बैठकले हुरीमा परेर घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ ।

गएराति बारा र पर्साका विभिन्न ठाउँमा हावाहुरीमा परी ३१ जनाको मृत्यु भएको छ । हुरीमा परि घाइतेको संख्या ४ सय भन्दा बढी रहेको जनाईएको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रत्येक मृतकलाई तीन लाखका दरले तत्कालीन राहत दिने र घाइतेको उपचारमा लाग्ने खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय भएको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार