आंधी हुरीका कारण बारा-पर्साको ग्रामीण इलाकामा कम्तिमा २७ जनाको मृत्यु, ४०० घाइते

१८ चैत्र २०७५, सोमबार ०१:३७ मा प्रकाशित

वीरगञ्ज, १८ चैत । एक्कासि आइतबार साँझ आएको हावाहुरीका कारण पर्सा र बारामा कम्तिमा २७ जनाको मृत्यु भएको छ भने ४ सए जना भन्दा बढी गम्भीर घाइते भएका छन् । पर्साको ग्रामीण इलाका हरबडियामा एकै स्थानमा ५ जनाको मृत्यु भएको छ भने बाराका विभिन्न स्थानमा एक दर्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन भने पर्साका विभिन्न स्थानमा ३०० जना घाइते भएको र उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ भने त्यतिनै संख्यामा बाराको विभिन्न भागमा घाइते भएको स्थानिय प्रहरीले जनाएको छ । ग्रामीण क्षेत्रमा आएको आधी र पानीको कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ । हुरीका कारण बिपतमा परेकाहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २४ अक्टोबरमा हुने भनिएको राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) को अन्तर्राष्ट्रिय भेला रोकिएको