सरकारद्वारा राष्ट्रिय विकास परिषदमा पच्चीस सदस्य नियुक्त

१७ चैत्र २०७५, आईतवार २२:४८ मा प्रकाशित

काठमाडौँ, १७ चैत । सरकारले राष्ट्रिय विकास परिषद्मा २५ सदस्य नियुक्त गरेको छ । मन्त्रिपरिषद्को यही चैत ११ गतेको निर्णयअनुसार स्थानीय तहका जनप्रतिनिधि, उद्योगी व्यवसायी तथा गैरसरकारी संस्थाका प्रतिनिधिलाई उक्त परिषद्मा समेटिएको हो ।

राष्ट्रिय योजना आयोगका अनुसार परिषद्मा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, भरतपुर महानगरका प्रमुख रेनुु दाहाल, विराटनगर महानगरका प्रमुख भीम पराजुली, वीरगञ्ज महानगरका प्रमुख विजय सरावगी, जनकपुर उपमहानगरका उपप्रमुख रिताकुमारी मिश्र, बुटवल उपमहानगरपालिका प्रमुख शवराज सुवेदी, वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया भण्डारी, धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्ट, आठराई गाउँपालिका उपाध्यक्ष रुपादेवी कन्दङ्वा र दमक नगरपालिका प्रमुख गीता अधिकारी सदस्यमा नियुक्त हुनुभएको छ ।

यसैगरी पोखरिया नगरपालिकाका उपप्रमुख सलमा खातुन, पुतलीबजार नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्री, शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी चौधरी, कुमाख गाउँपालिका प्रमुख दिलमाया बुढामगर, पुर्चौँडी नगरपालिका प्रमुख रणबहादुर कुँवर, जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ ल्यामो गुरुङ, जिल्ला समन्वय समिति महासङ्घका अध्यष गीता सुन्दास, नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोक ब्याञ्जु र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठ परिषद् सदस्यमा छनोट हुनुभएको छ ।

यस्तै राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडाल, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा, चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, संयुक्त टे«ड युनियन समन्वय केन्द्रका अध्यक्ष विनोद श्रेष्ठ र गैरसरकारी संस्था महासङ्घका अध्यक्ष जितराम लामा परिषद् सदस्यमा छनोट हुनुभएको छ । यही चैत २० र २१ गते राष्ट्रिय विकास परिषद्को बैठक आह्वान गरिएको सन्दर्भमा परिषद् सदस्यसमेत नियुक्त गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन्

काठमाडौं । अर्ली इलेक्सनको चर्चा सत्तारुढ दलबाट सुरु भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले त्यसलाई स्वागत गर्ने जनाएको छ ।

आजको प्रमुख समाचार