प्रचण्ड बिरुद्ध हेगस्थित अन्तराष्ट्रिय फौजदारी अदालतमा युद्ध अपराधको मुद्धा दायर हुँदै

१७ चैत्र २०७५, आईतवार १८:३४ मा प्रकाशित

पुरुषोत्तम ढकाल, लसएन्जलस, १७ चैत । पूर्व माओवादी अध्यक्ष एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका समेत अध्यक्ष रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध पूर्व माओवादी बाल लड़ाकू लेनिन बिष्टले युद्ध अपराधको आरोप लगाउदै अप्रिल महिनाको दोस्रो साता भित्र हेगस्थित अन्तराष्ट्रिय फौजदारी अदालतमा मुद्धा दायर गर्ने भएका छन् ।

नेदरल्यान्डको हेग स्थित नेपालको युद्ध अपराध सम्बन्धी मुद्धा हेरिरहेका कानून व्यवसायीहरुले लाई दिएको जानकारी अनुसार पूर्व माओवादी बाल लड़ाकू लेनिन बिष्टले युद्धमा बाल बालिकाको प्रयोग गरिएको पूर्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्व र निर्देशनमा भएको माओवादी युद्धमा बाल बालिकाको प्रयोग, निरिपेक्ष नागरिकको धर पकड र हत्या, जघन्य अपाराध मार्फत युद्ध सफल बनाउन बाल सेनाको प्रयोग, माओबादी सेना समायोजन संगै बाल सेनालाई अनागरिक बनाउने कार्य र शान्ति प्रक्रिया देखी माओबादी सेना समायोजन सम्म क्याण्टोन्मेण्टमा भएको आर्थिक हिनामिना जस्ता आरोप सहित हेगस्थित अन्तराष्ट्रिय फौजदारी अदालतमा मुद्धा दायर गर्न लागिएको हो ।

नेदरल्यान्डको हेगमा नेपालको युद्ध अपराध सम्बन्धी मुद्धा हेरिरहेका कानून व्यवसायीहरुसंग परामर्शमा रहेका पूर्व माओवादी बाल लड़ाकू लेनिन बिष्टले हेगस्थित अन्तराष्ट्रिय फौजदारी अदालतमा पूर्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिरुद्ध युद्ध अपराधको मुद्धा दायर गर्न लागिएको पुष्टि गर्दै www.nepal24hours.com संग भने, ‘नेपाल भर्खरै शान्ति प्रक्रिया पुरा गर्ने चरणमा रहेको तर युद्ध अपराध मार्फत सत्ता कब्जा गर्ने नयाँ शक्तिहरु समेत राजनीतिमा उदाएको हुँदा युद्ध अपराधीहरुलाई दण्ड दिन र सचेत गराउन समेत मुद्धा दायर गर्नु आवश्यक रहेको छ।’

विष्टले जोड दिदै भने, ‘युद्धमा बाल बालिकाको प्रयोग, निरिपेक्ष नागरिकको धर पकड र हत्या, जघन्य अपाराध मार्फत युद्ध सफल बनाउन बाल सेनाको प्रयोग, माओबादी सेना समायोजन संगै बाल सेनालाई अनागरिक बनाउने कार्य र शान्ति प्रक्रिया देखी माओबादी सेना समायोजन सम्म क्याण्टोन्मेण्टमा भएको आर्थिक हिनामिना गर्ने युद्ध सरदारहरु सत्ताको हाली मुहाली गर्दै देश दुनियाँ घुमिरहनु युद्ध पिडितहरुका लागि नमिठो उपहास बनेको छ र युद्ध सरदारहरुलाई ठेगान लगाउन मुद्धा दायर गर्न लागिएको हो ।’

यतिबेला पूर्व माओवादी बाल लड़ाकू एवं बाल सेनाका अध्यक्ष लेनिन बिष्ट तीन महिने लामो युरोप भ्रमणमा नेदरल्याण्डमा छन्। यस अघि थाईल्याण्ड जानबाट रोकेर चौतर्फी आलोचनाको सिकार बनेको सरकारले यसपटक भने युरोप जानको लागि अनुमति दिएको थियो । केही महिनाअघि विष्टलाई कतार विमानस्थलमै रोक्न प्रयास भएको थियोे । नेपालको गृह मन्त्रालयद्वारा जारी भएको नोटिस अध्यागमन विभागमा यथावत् रहेपनि अन्तराष्ट्रिय चासो र दवावका कारण आफू युरोप आउन सफल भएको बताएका छन् ।

नेदरल्याण्ड सरकारकै खर्चमा भ्रमणमा आएको र ब्यबस्थापन नेदरल्यान्ड सरकार र यहाँ स्थित विभिन्न युरोपेली संस्थाले गरेको विष्टले जानकारी पनि दिए । पूर्व माओवादी बाल लड़ाकू बिष्ट नेदरल्याण्ड सरकारको ब्यबस्थापन र नेपाल स्थित विभिन्न युरोपेली संस्थाको सहयोगमा युरोप भ्रमणमा आएका हुन् ।

युरोप भ्रमणमा रहेका पूर्व माओवादी बाल लड़ाकू लेनिन बिष्टको अप्रिल महिनाभरी युरोपियन युनियनका उच्च अधिकारी, बेल्जियमका सरकारी अधिकारी, त्यहाँको सत्तारुढ राजनीतिक दलका नेता, ट्जरल्यान्डको जेनेभामा उच्च तहका मानव अधिकारकर्मी, सांसद, मन्त्री, जर्मनीका सांसदहरूसँग छलफल र भेटघाट तय भैसकेको छ भने युरोप स्थित गैर आवासिय नेपालीहरुले उनको स्वागत र सम्मानमा दर्जनौ कार्यक्रम तय गरेका छन् ।

हेग स्थित नेपालको युद्ध अपराध समबन्धि मुद्धा हेरिरहेका कानुन व्यवसायीहरुअनुसार विष्टलाई नेपाल सरकारका मन्त्री र पूर्व माओवादी नेताहरुले पटक पटक टेलिफोन गरी कुनै हालतमा मुद्धा दायर नगर्न धम्कि दिएका छन् । विष्टको पारिवारिक स्रोतका अनुसार अध्यक्ष प्रचण्ड निकट मन्त्रि र पूर्व माओवादी नेताहरुले मुद्धा दायर नगरी फर्किएमा निकट भविष्यमा राष्ट्रिय सभामा मनोनित गरी मन्त्रि बनाउने र तत्काल आर्थिक सहयोग उपलब्ध आस्वासन दिएका छन् ।

पूर्व माओवादी बाल लड़ाकू लेनिन विष्टको यो साहस संगै हिंसात्मक युद्धकालमा भएको विभिन्न आपराधिक कार्यका लागि प्रचण्ड लगायतका नेताहरू कानुनी कारबाहीको दायरामा पुग्ने सम्भावना बढेको छ । विष्टले प्रचण्ड बिरुद्ध हेगस्थित अन्तराष्ट्रिय फौजदारी अदालतमा युद्ध अपराधको मुद्धा दायर गर्ने तयारी गरेसंगै प्रचण्डलगायत तत्कालीन माओवादी नेताहरू यतिबेला तनावमा पारेका छन् र दश वर्षे हिंसात्मक द्वन्द्वकालमा ज्यान गुमाउने झन्डै १७ हजार निर्दोष नागरिकले न्याय पाउने र त्यतिबेला भएको विभिन्न आपराधिक कार्यका लागि माओवादी नेताहरू कानुनी कारबाहीको दायरामा पुग्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बागमती ।बागमती प्रदेशका मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले दावी पेश गरेका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता पाण्डेले ५९

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी