म अपराधी भए काङ्ग्रेस पनि अपराधी होला नि : प्रचण्ड

१७ चैत्र २०७५, आईतवार १८:०३ मा प्रकाशित

नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा निरंकुशतन्त्र नफर्किने दाबी गरेका छन् । राजधानीमा आज भएको कार्यक्रममा प्रचण्डले फ्याँकिएका शासकहरुले बेलाबेला प्रहार गरेपनि संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशी समानुपातिक र संविधान नउल्टिने बताए । उनले वर्तमान सरकार समृद्धिको दिशामा अघि बढेको भन्दै राष्ट्रिय अखण्दता विरोधी तत्वले समृद्धिको यात्रा रोक्न नसक्ने बताए ।

पत्निको उपचारका लागी अमेरिका गएका बेला आफूलाई युद्ध अपराधी भन्दै पक्राउ गराउने कोसिस भएको बताउँदै प्रचण्डले १० वर्षे जनयुद्धपछि शान्तिसम्झौतामा हस्ताक्षर गर्नेलाई दोषी देख्न नहुने बताए । काङ्ग्रेसको एउटा समितिले निर्णय गरेरै पक्राउका लागी कोसिस गरेको भन्दै आफू दोषी भए शान्तिसम्झौतामा हस्ताक्षर गर्ने स्वर्गीय गिरिजाप्रसाद कोइराला र नेपाली काङ्ग्रेस नै दोषी होला नि भन्दै उनले प्रश्न गरे ।

पत्नी सीताको उपचारका लागि अमेरिका गएको बेला केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत तिलकबहादुर श्रेष्ठले बाल्टीमोरस्थित संघीय ब्यूरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै दाहालविरुद्ध उजुरी हालेका थिए । तर, अमेरिकी सरकारले दाहालका विषयमा ‘नो इन्भेस्टिगेसन नोटिस’ जारी गरेको थियो ।

प्रचण्ड चैत ३ गते अमेरिका गएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच समझदारी भएपछि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले