नेप्से घट्दा कारोबार रकम बढ्यो

१७ चैत्र २०७५, आईतवार १७:४६ मा प्रकाशित

साताको पहिलो दिन नै परिसूचक नेप्से ०.९१ अंकले घटेको छ । कारोबार सुरु भएको आधा घण्टासम्म ५ अंकले बढेको परिसूचक ०.९१ अंकले घटेर बन्द भएको छ । ११४४.५५ विन्दुबाट शुरु भएको परिसूचक आधा घण्टामा बढेर ११४९.७४ विन्दुसम्म पुगेको थियो । त्यसपछि आरोला लाग्न सुरु भएको बजार अन्त्यमा ११४३.५९ विन्दुमा आएर रोकिएको छ ।

आइतवार बैंक अफ काठमाण्डूको प्रतिकित्ता २४२ मा २ करोड १२ लाख बराबरको शेयर कारोबार भएको छ । दोस्रोमा प्रभु बैंकको प्रतिकित्ता २३९ मा १ करोड ५४ लाख बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका १६५ कम्पनीमा ५४ कम्पनीको शेयर मूल्य बढ्दा ७९ कम्पनीको घटेको छ । ३२ कम्पनीको शेयर मूल्य स्थिर छ ।

आइतवार २६ करोड ६६ लाख बराबरको शेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २ करोड ६ लाख बढेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई

काठमाडौँ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको