महिला टी–२० लिग अक्सनः काठमाडौँले धेरै खर्च गर्दा कुन खेलाडी कतिमा अनुबन्धित ?

१७ चैत्र २०७५, आईतवार १६:११ मा प्रकाशित

एनसीएल महिला टी–२० क्रिकेट लिगको अक्सन आइतबार पूरा भएको छ । जम्मा ८० खेलाडी सम्मिलित अक्सनमा चार टिमले ५२ जना खेलाडी किनेका छन् । यीमध्ये पहिलो श्रेणीमा रहेका १० खेलाडी महङ्गो रकममा बिक्रि भएका छन् ।

भैरहवा क्विजले सोनु खड्का, इन्दु बर्मा र बिन्दु रावल, विराटनगर रोरिङ लायोनेसले काजोल श्रेष्ठ र अप्सरी बेगम, धनगढी ओन्डर वुमनले कविता कुँवर र ज्योती पाण्डे र काठमाडौं सुपर च्याम्पियन्सले ममता चौधरी, सरिता मगर र रोमा थापालाई सर्वाधिक ७५ हजार रुपैयाँमा अनुबन्ध गरेका छन् ।

दोस्रो श्रेणीमा रहेका खेलाडीका लागि ५० हजार र तेस्रो श्रेणीमा रहेकाका लागि २५ हजार अधिकतम रुपैयाँ खर्च गर्न पाईने थियो । ए श्रेणीमा २१ जना, बी श्रेणीमा २५ जना र सी श्रेणीमा ३५ जना खेलाडी थिए ।

धनगढीले सवनम राईलाई ७० हजार, विराटनगरले रिता कुमारी कनौजियालाई ६५ हजार रुपैयाँमा किनेका छन् । भैरहवाले कविता जनोशी र रश्मी शर्मा चौलागाईं, विराटनगरले अञ्जली चन्द, धनगढीले रेखा रावल, काठमाडौंले सुमन खतिवडा, रावती धामी, सुमन विस्ट र मञ्जु कुमारी चौधरीका लागि ५०÷५० हजार रुपैयाँ खर्चिएका छन् । भैरहवामा रुबिना क्षेत्री, विराटनगरमा करुणा भण्डारी, धनगढीमा सिता राना मगर र काठमाडौंमा नेरी थापा मार्की खेलाडीका रुपमा रहेका थिए ।

अक्सनमा ५ लाख ७० हजार रुपैयाँ खर्च गर्दै काठमाडौं धेरै खर्च गरेर खेलाडी अनुबन्ध गर्ने टिम बनेको छ । भैरहवाले ५ लाख ५० हजार, विराटनगरले ५ लाख २० हजार र धनगढीले ५ लाख ५ हजार रुपैयाँ खर्च गरेका छन् । एउटा टिमले अधिकतम ६ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने सीमा तोकिएको थियो ।

प्रतियोगिता आउँदो वैशाख ७ गतेदेखि १४ गतेसम्म विराटनगरमा हुँदैछ । यो प्रतियोगीताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति