चीनको इलेक्ट्रोनिक्स कारखानामा विस्फोट, सात जनाको मृत्यु

१७ चैत्र २०७५, आईतवार १४:४३ मा प्रकाशित

चीनको एक इलेक्ट्रोनिक्स कारखानामा विस्फोट भएको छ । विस्फोटमा परी सात जनाको मृत्यु भएको छ । घटनामा परी पाँच जना घाइते भएका छन् । पूर्वी चीनको जियाङ्सु प्रान्तको कुनशानस्थित इलेक्ट्रोनिक्स कारखाना लक्षित विस्फोट भएको थियो । विस्फोटको कारणबारे अनुसन्त्रान भईरहेको चीनिया सञ्चारमाध्यमले जनाएका छन्

यही प्रान्तमा गत साता रसायन प्लान्टमा भएको एक विस्फोटमा परी ७८ जनाको मृत्यु भएको थियो । गत नोभेम्बरमा पनि उत्तरी चीनको झाङजियाकाउ प्लान्टमा ग्यास चुहिएर भएको दुर्घटनामा २४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले