लगानी सम्मेलनमा सत्तापक्ष प्रतिपक्ष एकै ठाउँमा उभियौँ : प्रधानमन्त्री ओली

१७ चैत्र २०७५, आईतवार १२:२८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्ध बनाउन लगानी सम्मेलन आयोजना गरिएको बताएका छन् । उनले समृद्धिका लागि सबैखाले पूर्वाधार र संरचना तयार दाबी गर्दै छिाटो समृद्ध बन्नको लागी लगानी सम्मेलन आयोजना गरिएको र उत्साहजनक रुपमा सम्पन्न भएको बताए ।

रानधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘समायोजन सहज थिएन, तर सकेका छौं, कानुन बनाएका छौं, संविधान कार्यान्वयन गर्ने संरचना निर्माणमा सफलता प्राप्त गरेका छौं ।’ समृद्ध नेपालः सुखी नेपालीको सबै आधार तयार भएको उनको दाबी छ ।

देश एक ढिक्का भएर लगानी सम्मेलन सफल बनाएको उनको भनाई छ । सम्मेलन उत्साहजनक रुपमा सम्पन्न गरेको भन्दै प्रधानमन्त्रीले भने, ‘राष्ट्र एक ठाउँमा उभियो, देश बनाउन सबै एक दिशा र एक आवाजका साथ अघि बढेको सन्देश दियौँ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राजीनामाको कुरा तत्काललाई टरेको बताएका छन्। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा