लगानी सम्मेलनः उर्जा क्षेत्रमा लगानीकर्ताको उत्साहजनक सहभागीता

१७ चैत्र २०७५, आईतवार ११:३४ मा प्रकाशित

सरकारको आयोजनामा भएको अन्तराष्ट्रिय लगानी सम्मेलनमा सबैभन्दा धेरै उर्जा क्षेत्रमा लगानीको घोषणा भएको छ । नेपालमा अन्तराष्ट्रिय लगानी भित्र्याउन आयोजना गरिएको सम्मेलनमा उर्जा क्षेत्रमा सबैभन्दा धेरै लगानीको साझेदारी बनेको हो ।

लगानी बोर्डको सहजीकरणमा निर्माण सुरु भएको ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा स्टेट बैंक अफ इन्डिया (एसबीआई) सहित नेपालको नबिल बैंक र एभरेस्ट बैंकले लगानी गर्ने समझदारी गरेका छन् । आयोजनामा एसबीआई बैंकले ६५ अर्ब ६० करोड नेपालको एभरेस्ट बैंकले ८ अर्ब १२ करोड र नबिल बैंकले ४ अर्ब ८७ करोड लगानी गर्ने समझदारी गरेका हुन् ।

लगानी सम्मेलकै अवसरमा सिन्हुवा वाटर कन्जरभेन्सी एन्ड हाइड्रोपावर इन्भेस्टमेन्ट, हाइड्रो सोलुसन ग्रुप र सांघाई इन्भेस्टमेन्ट, डिजाइन एन्ड रिसर्च इन्स्टिच्युसनबीच १६० मेगावाटको कालीगण्डकी गर्ज निर्माणको समझदारी भयो  । उक्त आयोजना निर्माणमा करिब ४२ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ ।

यस्तै, २१६ मेगावाटको माथिल्लो त्रिशूली १ मा कोरियाली कम्पनीले करिब ७२ अर्ब लगानीको घोषणा गरेको छ  । अपी पावर कम्पनी र कँडेल ग्रुपअफ कम्पनीबीच करिब १ खर्ब ७५ अर्ब बराबरको समझदारी भएको छ ।

१८ मेगावाटको सोलार प्लान्ट, ९८ मेगावाटको जलविद्युत् आयोजना र १० मेगावाटको वायु ऊर्जा उत्पादनका लागि समझदारी भएको हो । डोल्मा फन्डले पनि १५० मेगावाटको सोलार प्लान्ट स्थापनाका लागि ग्रान्ड फन्डबाट करिब २ अर्ब बराबरको लगानी स्वीकृति पाएको जनाएको छ । यसबाहेक ५ सय ५० मेगावाट क्षमताको अर्को सोलार प्लान्ट स्थापना गर्न एक स्वतन्त्र कम्पनीले प्रस्ताव पेस गरेको छ । यो कम्पनीले गरेको प्रस्ताव र लागत खुलाइएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले स्थगित गर्न माग गरेपछि प्रदेश १ को प्रदेशसभा बैठक स्थागित भएकोछ । प्रदेसभाको

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बारले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन हुँदा नेपाली कांग्रेसका सांसदले ‘फ्लोर

आजको प्रमुख समाचार