रौतहटमा आलु उत्पादनमा तीस प्रतिशतले घट्यो

१ चैत्र २०६८, बुधबार ०६:४८ मा प्रकाशित


रौतहट, १ चैत । जिल्ला कृषी कार्यालय रौतहटले यस वर्ष जिल्लामा आलु उत्पादनमा तीस प्रतिशतले घटेको  जनाएको छ । बिभिन्न रोग लागेका कारण अघिल्लो वर्षको तुलनामा यस वर्ष आलु उत्पादनमा कमि आएको हो । आर्थिक वर्ष २०६७÷६८ मा १२ हजार ८८० मेट्रीकटन आलु उत्पादन भएकोमा आर्थिक वर्ष २०६८÷६९ मा ७ हजार ७५२ मेट्रीकटन मात्र उत्पादन भएको जिल्ला कृषि कार्यालय गौरका बालि विकास अधिकृत रामसेवक ठाकुले बताउनुभयो । अघिल्लो आर्थिक वर्षमा २६ सय ५७ हेक्टरमा आलु खेती गरिएको थियो भने यस आर्थिक वर्षमा २६ सय ७५ हेक्टरमा आलु खेती गरिएको थियो । शितलहरका कारण आलुमा डढुवा रोग लागेका कारण आलुखेती सखाप भएको कृषी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको