पशुपतिनाथ मन्दिर परिसर टोले ‘डन’को अखडा, एक पैसा कर नतिरी लाखौ कमाउँछन व्यापारीहरु

१७ चैत्र २०७५, आईतवार ११:१४ मा प्रकाशित

पशुपतिनाथ मन्दिर नेपालका हिन्दु धर्मावलम्बीहरुले दर्शन गर्ने मुख्य धार्मीक स्थल हो । उक्त मन्दिरको दर्शनमा जाँदा मन्दिर प्रवेशद्धारभन्दा अगाडी लस्करै फुलमालाका पसलहरु देख्न सकिन्छ । पसल सञ्चालन गर्नेहरु एउटा हातमा माला र फुल तथा अर्को हातमा प्लाष्टिकको बोतलमा पानी लिएर बसेका हुन्छन् । आउने भक्तजनलाई फुल लैजाऔँ, हात धोऔँ भन्ने गर्दछन् ।

यस्ता पसलको सख्ंया सो क्षेत्रमा १६८ वटा छन् । तर यतिका धेरै पसलहरुले पशुपति मन्दिर र क्षेत्र विकास कोषलाई एक रुपैयाँ पनि आम्दानी भएको छैन । उनीहरु त्यहाँ बसेर सामान बेच्ने मात्रै हुन्, बसेवापत एक पैसा पनि कर तिर्दैनन् ।

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता प्रेमहरि ढुङ्गानाका अनुसार २०६३ सालमा यसरी पसल राख्नेहरुको लाइन मन्दिरको पश्चिम ढोकासम्मै पुगेको थियो । त्यतिबेला पनि उनीहरुले पसल राखेवापत शुल्क तिर्दैनथे । सो समयमा क्षेत्र विकास कोषले उनीहरुलाई हटाउन खोज्दा पसलेहरुले कोषको कार्यालय नै तोडफोड समेत गरेका थिए ।

त्यसपछि उनीहरुलाई मन्दिर नजिकै सार्ने र पसल वापत पैसा नलिने भनेपछि पसल गर्नेहरु सर्न राजी भएका थिए । त्यो समयदेखी अहिलेसम्म यसरी पसलहरु सञ्चालन त हुँदै आएका छन् तर पशुपति मन्दिर क्षेत्रलाई कुनै लाभ मिलेको छैन ।

धार्मीक आस्थाको केन्द्रको रुपमा रहेको पशुपति मन्दिर परिसरको छेउमा बसेर व्यापार गर्ने तर मन्दिरलाई एक पैसा पनि नतिर्ने पसलेहरुको मनोविज्ञान कुनै दृष्टिकोणले पनि धार्मीक होईन भन्छन् जानकारहरु ।

एउटा पसलबाट मासिक एकहजार मात्रै शुल्क लिने हो भने पनि कोषमा मासिक एक लाख ६८ हजार रकम जम्मा हुन्थ्यो । त्यहाँ एउटा फुलको दोकानले दैनिक कम्तीमा १५ सयदेखी दुई हजार रुपैयाँ कमाई गर्छन् । तर मन्दिरको पुननिर्माण, मन्दिर परिसरमा हुने धार्मीक गतिविधिमा कुनै शुल्क तिर्दैनन् ।

प्शुपति क्षेत्र विकास कोषका अनुसार बन्दै गरेको पक्कि भवनमा अहिले सञ्चालनमा रहेका पसल सार्ने र त्यहाँ पसल राख्नेहरुबाट भवन प्रयोग गरेवापत शुल्क उठाउने योजना अघि बढेको छ । नजिकै यस्ता पसलहरु राख्नको लागी भवन निर्माण पनि भईरहेको छ ।

कोषका प्रवक्ता ढुङ्गाना त्यहाँका पसल सञ्चालकलाई अन्यत्र सार्न र उनीहरुलाई करको दायरामा ल्याउँन खोज्दा स्थानीय क्लब र व्यापारीले सहयोग नगर्ने गुनासो गर्छन् । कोषका एक अधिकारीले फुटपाथको व्यापार हटाउन र मन्दिर परिसरमा लागु औषध सेवन गर्नेलाई हटाउन प्रहरीकोमा सहयोगका लागी गएपनि प्रहरीले नै वास्ता नगर्ने बताए । तर गौशाला प्रहरीले भने कोषले सहयोग मागेको बखतमा आफ्नो जनशक्ति परिचालन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी