आप्रबासी छिर्न रोक नलगाए मेक्सिकोसँगको सीमा बन्द गर्ने ट्रम्पको चेतावनी

१६ चैत्र २०७५, शनिबार २३:५४ मा प्रकाशित

पाल्मविच, संयुक्त राज्य अमेरिका, १६ चैत (एपी) ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका छिर्न खोज्ने आप्रवासीलाई रोक्न थप कदम नचाले मेक्सिकोसँग जोडिएको सीमा बन्द गर्न सक्ने बताउनु भएको छ । सीमा बन्द गरिए आवतजावत अवरुद्ध हुनुका साथै अर्बौँ डलरले व्यापार खर्च बढ्नेछ ।
मेक्सिकोको नाका भएर अमेरिका छिर्ने आप्रवासीहरूको सङ्ख्यामा वृद्धि भइरहँदा ट्रम्पको पछिल्लो चेतावनी आएको हो ।
मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानवेल लोपेश ओर्बयाडोरले यो विषयलाई लिएर आफू मुठभेडको स्थितिमा नफस्ने बताउनु भएको छ ।
विदेशमन्त्री मार्सेलो एब्रार्डले मेक्सिको अमेरिकाको ठूलो छिमेकी भएको र चेतावनीका आधारमा कदम नचाल्ने भन्दै शनिबार ट्वीट गर्नुभएको छ ।
यसपहिले शुक्रवार पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले भन्नुभयो, “अर्को हप्ता मैले सीमा बन्द गराउँछु जस्तो देखिन्छ र त्यसो गर्दा मलाई कुनै समस्या हुनेछैन ।”
अमेरिका छिर्न खोज्ने मानिसहरूलाई रोक्ने काम सजिलो भए पनि मेक्सिकोले त्यसो नगरेको ट्रम्पको तर्क छ । त्यसपछि सो विषयमा ट्रम्पले शृङ्खलाबद्ध ट्वीटहरू गर्नुभयो जसमा उहाँले लागुऔषध तस्करी नियन्त्रणमा रकम खर्चिनुभन्दा सीमा बन्द गर्नु राम्रो हुने बताउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्ड राज्यको वाल्टिमोर क्षेत्र वरपर बसोबास गर्ने नेपालीहरुले चङ्गा मेलाको आयोजना गरेका छन् । मेरिल्याण्ड राज्यको गन पाउडर

वासिङ्टन । बाइडेन प्रशासनले अमेरिकाको सैन्य बेसबाट उद्धार गरिएका ५५ हजार ६०० अफगानहरूलाई स्थायी रूपमा बसोबास गर्नेगरी पुनः स्थापना कार्यक्रम

वासिङटन ।आइतबार संयुक्त राज्य अमेरिकाका वरिष्ठ कुटनितिज्ञले उत्तर कोरियालाई वार्तामा आउन आग्रह गरेका छन्। उत्तेजनात्मक क्षेप्यास्त्र परिक्षण अन्त्य गरी तत्काल

जर्जिया- अमेरिकाको जर्जियास्थित एउटा विश्वविद्यालयको कम्पाउन्ड नजिकै गोली चल्दा एक जनाको मृत्यु भएको छ । शनिवार राती फोर्ट भ्याली स्टेट

आजको प्रमुख समाचार