पुष्पलाल स्मृति बुद्धिचाल सुरु

१५ श्रावण २०६९, सोमबार १६:२८ मा प्रकाशित

काठमाडौं, १५ साउन । स्वतन्त्र विद्यार्थी युनियन काउन्सिल नेपालको आयोजनामा पुष्पलाल स्मृति अन्तरक्याम्पस बुद्धिचाल सुरु भएको छ ।

पहिलो चरणको खेलमा पाटन संयुक्त क्याम्पसका सजिन महर्जन, टाइम्स कलेजका विवेक लामा, केइसी कलेजका क्षितिज भण्डारी, त्रिचन्द्र कलेजका कुबेर अधिकारी, त्रिभुवन विश्वविद्यालय क्याम्पसका बाबुराम पन्थी, गोल्डेनगेटका संगीता जैसवाल, पुल्चोक इन्जिनियरिङ क्याम्पसका आशिष आचार्य र ललितपुर नर्सिङ कलेजका सरु बस्नेत विजयी भए ।
यसैगरी, महेन्द्र रत्न क्याम्पसका श्यामबाबु शाह, काठमाडौं स्कुल अफ लका पारसमणि पोखरेल, मकवानपुर बहुमुखी क्याम्पसका देवेन्द्र सञ्जेल, सुर्खेत क्याम्पसका चन्द्रबहादुर खड्का, नाम्स कलेजका राजन दाहाल र ल क्याम्पसका कुन्दन मिश्रले सफलता प्राप्त गरेका छन् ।
स्ववियु काउन्सिल, नेपालका अध्यक्ष महेश बर्तौलाको सभापतित्वमा प्रमुख अतिथि नेकपा (एमाले) अध्यक्ष झलनाथ खनाल र अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेलले संयुक्त रूपमा गोटी चाली प्रतियोगिता उद्घाटन गरे । ४८ वटा क्याम्पसबाट ९४ जना खेलाडीको सहभागिता रहेको सो प्रतियोगिताको कुल नगद पुरस्कार ५१ हजार रुपियाँ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिबन्धमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापालाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबलसम्बन्धी कुनै

काठमाडौं । कोलकाता नाइट राइडर्सलाई २ रनले हराउँदै लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-२० क्रिकेट प्रतियोगिताको प्लेअफमा

काठमाडौं । १-० ले पछि परेको स्थितिमा साउथह्याम्पटनविरुद्द २-१ को जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधि होडमा पुनः फर्किएको छ

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा सनराईजर्स हैदरावादले मुम्बई इण्डियन्समाथि ३ रनको जित निकालेको छ ।