प्रदेश २ को नामकरण नभएकाप्रति नेता निधिको असन्तुष्टी

१६ चैत्र २०७५, शनिबार २३:४५ मा प्रकाशित

धनुषा, १६ चैत । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले हालसम्म प्रदेश २ को नामकरण हुन नसकेकाप्रति असन्तुष्टी जनाउनुभएको छ । निधिले प्रदेश सरकार कार्यान्वयनमा आएको एक वर्षभन्दा बढी भइसक्दा पनि नामकरण, भाषा र राजधानीसम्बन्धी प्रस्ताव नआउनु दुर्भाग्य भएको बताउनुभयो ।

हलुवाई समाजको दोस्रो केन्द्रीय महाधिवेशनको उद्घाटनमा आज जनकपुरमा उपसभापति निधिले प्रदेश २ को नामकरण मिथिला–भोजपुरा हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । आठ जिल्लाले मिथिलालाई प्रतिनिधित्व गरेको र वीरगञ्ज भोजपुरी भाषाभाषीको बाहुल्य क्षेत्र रहेकाले नामकरणको सवालमा मिथिला–भोजपुरा उपयुक्त विकल्प रहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

काठमाडौं। पूर्व महान्यायाधिवक्ता एवम् बरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब ढिलो नगरी अब २/३ घण्टाभित्रै राजीनामा दिनुपर्ने